Door43-Catalog_ne_tn/mat/04/intro.md

2.8 KiB

मत्ती ०४ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई अलग राख्‍न रोज्‍छन् । यूएलबी र अरू धेरै अङ्ग्रजी अनुवादहरूले पद ६, १०, १५ र १६ का सबै पङ्क्तिहरूलाई अलग राख्‍छन्, जुन पुरानो करारबाटका उद्धरणहरू हुन् ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भवाव्य कठिनाइहरू

“स्‍वर्गको राज्य नजिकै छ”

विद्वानहरू “स्‍वर्गको राज्य” यो समयमा छ कि अझै आउँदैछ भन्‍ने कुरामा विवाद गर्छन् । अङ्ग्रजी अनुवादहरूले बारम्बार “हातैमा” भन्‍ने पदावलीको प्रयोग गर्छन्, तर यसले अनुवाद गर्नमा असहज बनाउन सक्छ । अन्य संस्करणहरूले “नजिक आउँदैछ” वा “नजिकै आएको छ” भन्‍ने पदावलीहरूको प्रयोग गर्छन् ।

“यदि तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ भने”

अङ्ग्रेजीमा, पाठकहरूले ४:६ मा भएको यो भनाइलाई शैतानले येशू परमेश्‍वरको पुत्र हुनुहुन्छ कि हुनुहुन्‍न भनेर नजानेको सङ्केत गरेको जस्तो बुझ्‍न सक्छन् । किनकि शैतानले येशू परमेश्‍वरको पुत्र हुनुहुन्छ भनी सम्भवतः जान्दछ, यसलाई यसरी अनुवाद गरिनुहुन्‍न । यसलाई “किनभने तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ” भनेर अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/satan]] अनि [[rc:///tw/dict/bible/kt/sonofgod]])

सम्बन्धित खण्‍डहरूः

<< | >>