Door43-Catalog_ne_tn/luk/24/intro.md

3.8 KiB

लूका २४ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

स्‍त्रीहरूको विश्‍वास

यस्तो देखिन्छ कि लूकाले उद्देश्‍यका साथ नै यस अध्यायमा भएका स्‍त्रीहरूको विश्‍वासलाई बाह्र चेलाहरूसँग विपरीतमा भएको देखाउँछन् ।

पुनरुत्थान

येशूको मृतकबाटको शारीरिक पुनरुत्थानको पक्षमा प्रतिरोध गर्न यस अध्यायमा लूकाले अधिक मात्रमा लेख्छन् । लूकाले देखाउँछन् कि येशूको स्थानमा अरू कोही व्यक्ति मरेको हुन सम्भव थिएन । उनले पुनरुत्थान कुनै अलङ्कार थिएन भनेर पनि देखाउँछन् । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/resurrection]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

मानिसको पुत्र

येशूले आफैँलाई “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ । कुनै व्यक्तिले आफैँलाई तेस्रो पुरुषमा जनाएको देखाउनलाई हरेक भाषा सक्षम नहुन सक्छ ।

“तेस्रो दिनमा”

येशू मृतकबाट तेस्रो दिनमा बिउँतनुभएको थियो भनी भनिन्छ । उहाँ शुक्रबार दिउँसो (घाम अस्ताउन अगाडि) मर्नुभयो र आइतबाट बिउँताइनुभयो । प्राचीन इस्राएलमा, दिन चाहिँ सूर्यास्तमा सुरु हुन्थ्यो र अन्त हुन्थ्यो । साथै तिनीहरूले दिनको कुनै पनि भागलाई “दिन”को रूपमा गन्थे ।

एकजना जवान मानिस

यो अन्तरक्रियामा कति जना मानिसहरू वा स्‍वर्गदूतहरू देखा परे भन्‍ने कुरामा सुसमाचारका विवरणहरू फरक पर्छन् । यो सम्भव छ कि ती मानिसहरू स्‍वर्गदूतहरू थिए, तर तिनीहरूको सङ्ख्या अस्‍पष्‍ट छ । यी खण्‍डहरूलाई मिलाउने कोसिस नगरीकन यसलाई यूएलबीमा भएको जसरी नै अनुवाद गर्नु उत्तम हुन्छ । (हेर्नुहोस्ः मत्ती २८:१-२, मर्कूस १६:५, अनि यूहन्‍ना २०:१२)

सम्बन्धित खण्‍डहरूः

__<< | __