Door43-Catalog_ne_tn/luk/24/01.md

3.1 KiB

सामान्य जानकारीः

यो कथाको अर्को भाग हो। ती आइमाईहरू येशूको शरीरमा सुगन्धित मसालाहरू लिएर चिहानमा फर्की।

हप्‍ताको पहिलो दिन निकै सबेरै

“आइतबार झिसमिसेमा” (युडीबी) (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-ordinal)

तिनीहरू ... मा आए

“स्‍त्रीहरू ... मा आइपुगे ।” युएलबीमा कथाको बताउने व्यक्ति पहिले नै चिहानमा भएको र ती स्‍त्रीहरू त्यहाँ आइपुगेको देखेको जस्तै गरी लेखिएको छ । युडीबीमा चाहिँ कथा बताउने व्यक्तिले ती स्‍त्रीहरूले कुनै अज्ञात ठाउँ छाडी चिहानतिर गएजस्तै गरी लेखिएको छ ।

चिहान

यो पहराको चट्टानमा काटिएको चिहान थियो ।

मसला ल्याउँदै

यी समान मसलाहरू तिनीहरूले तयार पारेका थिए लूका २३:५६.

तिनीहरूले ढुङ्गा भेट्टाए

"तिनीहरूले देखे कि ढुङ्गा"

ढुङ्गा हटाइएको

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "कि कसैले ढुङ्गा गुडाएको थियो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

ढुङ्गा

चिहानभित्र पस्‍ने प्रवेशद्वारलाई पूर्ण रूपमा ढाक्‍न सक्‍ने गरी भएको यो एउटा ठूलो, काटिएको गोलो ढुङ्गा थियो । यसलाई गुडाउन धेरै मानिसको आवश्‍यकता पर्थ्यो ।

प्रभु येशूको शरीर भेटिएन

तपाईं स्पष्ट रूपमा भन्न सक्नुहुन्छ कि उनीहरूले फेला पारेन किनकि त्यो त्यहाँ थिएन। वैकल्‍पिक अनुवादः "प्रभु येशूको शरीर त्यहाँ थिएन!"(हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू