Door43-Catalog_ne_tn/luk/07/intro.md

5.1 KiB

लूका ०७ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई अलग राख्‍न रोज्‍छन् । यूएलबी र अरू धेरै अङ्ग्रजी अनुवादहरूले ७:२७ का सबै पङ्क्तिहरूलाई अलग राख्‍छन्, जुन पुरानो करारबाटको एउटा उद्धरण हो । यस अध्यायको कथा वर्णनमा त्यहाँ त्यस्ता समयहरू छन् जहाँ विषयमा अचानक बदलाउ आएको छ । अनुवादकले यस्ता अचानक भएका फेरबदलहरूलाई एकनासले बगेको बनाउने खाँचो महसुस गर्नुपर्दैन ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

कप्‍तान

यो अवस्‍था प्राचीन इस्राएलमा धेरै असामान्य भएको हुनुपर्छ । रोमी सिपाहीको लागि एक इस्राएलीकहाँ कुनै पनि कुराको लागि जानु भनेको सामान्य कुरा हुँदैनथ्यो । तिनीहरू रोमीहरूको लागि महत्त्वहीन हुन्थे र तिनीहरूले एक यहूदीबाट चङ्गाइ खोज्‍ने थिएनन् । एउटा धनी मानिस उसको दासको लागि त्यति चिन्तित हुने कुरा पनि असामान्य नै भएको हुनुपर्छ । यो विश्‍वासको एउटा महान् प्रदर्शन हो । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/faith)

यूहन्‍नाको बप्‍तिस्मा

यूहन्‍नाले दिने बप्‍तिस्मा भनेको मण्‍डलीले दिने बप्‍तिस्माभन्दा फरक थियो । यूहन्‍नाको बप्‍तिस्मा चाहिँ बप्‍तिस्मा लिनेहरूले तिनीहरूको पापको पश्‍चात्ताप गरिसकेका छन् भनेर सङ्केत दिनलाई थियो । यसैकारणले फरिसीहरूले यूहन्‍नाको बप्‍तिस्मामा सहभागी भएनन् । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/repent]] अनि [[rc:///tw/dict/bible/kt/sin]]).

“पापीहरू”

लूकाले मानिसहरूको एक समूहलाई “पापीहरू” भनेर जनाउँछन् । यहूदी अगुवाहरूले यी मानिसहरू मोशाको व्यवस्थाबाट कुनै आशा बिना अन्जान छन् भनेर ठाने, त्यसैले तिनीहरूलाई “पापीहरू” भने । वास्तवमा, अगुवाहरू नै पापी थिए । यो अवस्‍थालाई एउटा व्यङ्ग्‍यको रूपमा लिन सकिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-irony)

“पाउहरू”

पाउहरूलाई प्राचीन पूर्व नजिक क्षेत्रमा धेरै फोहोर मानिन्थ्यो । येशूका पाउहरू धुने काम यो स्‍त्रीको लागि एउटा धेरै नम्र कार्य भएको हुनुपर्छ र त्यो येशूलाई सम्‍मान देखाउने एउटा तरिका थियो ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

मानिसको पुत्र

यस अध्यायमा येशूले आफैँलाई “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ । आफैँलाई तेस्रो पुरुषमा जनाउने कुरा सबै भाषाहरूमा सम्भव नहुन सक्छ । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/sonofman)

सम्बन्धित खण्‍डहरूः

<< | >>