Door43-Catalog_ne_tn/luk/04/intro.md

1.6 KiB

लूका ०४ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई अलग राख्‍न रोज्‍छन् । यूएलबी र अरू धेरै अङ्ग्रजी अनुवादहरूले ४:१०-११, १८-१९ का पङ्क्तिहरूलाई अलग राख्‍छन्, जुन पुरानो करारबाटका उद्धरणहरू हुन् ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

“(येशू) त्यहाँ शैतानद्वारा परीक्षित हुनुभयो”

अनुवादमा, यो महत्त्वपूर्ण छ कि यसको अर्थ येशूले वास्तवमै विचार गर्नुभयो वा साँच्‍चै शैतानद्वारा “परीक्षित” हुनुभयो भन्‍ने नहोस् । शैतानले येशूलाई “परीक्षा गर्न कोसिस गर्‍यो” भनेर बताउन बढी ठीक (ईश्‍वरशास्‍त्रीय रूपमा) हुन्छ ।

सम्बन्धित खण्‍डहरूः

<< | >>