Door43-Catalog_ne_tn/jhn/19/intro.md

3.8 KiB

यूहन्‍ना १९ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई अलग राख्‍न रोज्‍छन् । यूएलबी र अरू धेरै अङ्ग्रजी अनुवादहरूले १९:२४ का पङ्क्तिहरूलाई अलग राख्‍छन्, जुन पुरानो करारबाटको एक उद्धरण हो ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“वैजनी वस्‍त्र”

वैजनी रङ्ग प्राचीन पूर्व नजिक क्षेत्रमा एउटा शाही चिन्ह थियो । येशूलाई राजा जस्‍तो देखिने बनाउनको लागि खिसीपूर्वक पोशाक पहिराइएको थियो ।

“तपाईं कैसरको मित्र हुनुहुन्‍न”

पिलातसले येशूलाई मृत्युदण्‍ड दिन चाहँदैनथे, तर यहूदीहरूले उनलाई कर गरे । येशूलाई बाँच्‍न दिनु भनेको रोमी सरकारलाई धोका दिएको जस्तै थियो भन्‍ने देखाएर तिनीहरूले यसो गरे ।

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

गिल्‍ला

निम्‍न पदावलीहरू गिल्‍ला गर्ने हेतुले बताइएको हो भनेर लिनुपर्छः “प्रणाम, यहूदीहरूको राजा”, “के म तिमीहरूको राजालाई क्रूसमा टाँगू ?” र “नासतरको येशू, यहूदीहरूका राजा ।” गिल्‍ला भनेको कसैलाई अपमान हर्ने हेतुले व्यङ्ग्‍यको प्रयोग गर्नु हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-irony)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

गब्बथा, गलगथा

यो हिब्रूमा भएको एक पदावली हो । मर्कूसले यो पदावलीलाई ग्रीकमा “अनुवाद” गर्न होइन तर हिब्रू अक्षरहरूको साटोमा ग्रीक अक्षरहरू राखेर त्यसको अर्को भाषामा “उच्‍चारणलाई जस्‍ताको तस्तै लेख्‍न” वा सार्न रोज्‍छन् । यूएलबी र यडिबीका अनुवादकहरूले पनि यो पदावलीलाई अनुवाद गरेका छैनन् । अनुवादकहरूले यो पदावलीको अर्थको अनुवाद नगरीकन यसको उच्‍चारणलाई बनाउने कोसिस गर्नुपर्छ ।

सम्बन्धित खण्‍डहरूः

<< | >>