Door43-Catalog_ne_tn/jhn/19/01.md

1.9 KiB

जोड्ने कथनः

अघिल्लो अध्यायको कथा नै जारी छ । यहूदीहरूले दोष लगाइरहँदा येशू पिलातसको अघि उभिरहनुभएको छ ।

तब पिलातसले येशूलाई लगे र उहाँलाई कोर्रा लाए

येशूलाई पिलातस आफैँले कोर्रा लगाएनन् । यहाँ “पिलातस” कोर्रा लगाउनलाई तिनले आदेश दिएका सिपाहीहरूका निम्ति रूपक हो । वैकल्पिक अनुवादः “तब पिलातसले येशूलाई कोर्रा लाउन तिनका सिपाहीहरूलाई आदेश दिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

यहूदीहरूका राजाको जय होस्

हात उचालेर “जय” भनेर अभिवादन कैसरलाई मात्र गरिन्थ्यो । सिपाहीहरूले येशूलाई खीसी गर्नलाई काँडाको मुकुट लगाइदिँदा र बैजनी रङको वस्‍त्र पहिराउँदा, यथार्थ राजा उहाँ नै हुनुहुन्छ भन्‍ने तिनीहरूले जान्दैनन् भन्‍ने व्यङ्ग्‍योक्ति छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-irony)

अनुवादका शब्‍दहरू