Door43-Catalog_ne_tn/jhn/13/intro.md

3.6 KiB

यूहन्‍ना १३ सामान्य टिपोटहरू

संरचना र ढाँचा

यस अध्यायको घटनाहरूलाई सामान्य रूपमा अन्तिम भोज वा प्रभु भोज भनेर जनाइन्छ । यो निस्तार चाड धेरै किसिमले परमेश्‍वरको थुमाको रूपमा भएको येशूको बलिदानसँग समान छ । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/passover)

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“चेलाहरूको पाउ धुने”

प्राचीन समयको पूर्व नजिक क्षेत्रमा भएका मानिसहरूले खुट्टा धेरै फोहोरी हुन्छन् भनी सोच्थे । आफ्‍नो मालिकको खुट्टा धुने काममा सामान्यतया नोकर नै जिम्‍मेवार हुन्थ्यो । यो कार्य येशूको लागि अपमानजनक मानिने थियो, जसको कारणले गर्दा चेलाहरूले उहाँले त्यसो गर्नुभएको चाहेनन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

धुने

धुने कुराको चित्रणलाई यहाँ येशूको मृत्युभन्दा एक दिन अगाडि प्रयोग गरिएको छ । त्यो येशू हुनुहुन्छ जसले मानिसहरूलाई सफा बनाउनुहुन्छ । यो चित्रणले “धर्मी बनाउने” क्षमतालाई प्रतिनिधित्व गर्छ । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/clean]] अनि [[rc:///tw/dict/bible/kt/righteous]]).

“म हुँ ... ”

यूहन्‍नाले उनको सुसमाचारमा यो पदावलीलाई सात पटक प्रयोग गरे । यो परमेश्‍वरले प्रयोग गर्नुभएको उही शब्‍दहरू हुन् जब उहाँले बलिरहेको झाडीमा आफैँलाई र आफ्‍नो नाम यहवेलाई प्रकट गर्नुभयो । “यहवे” नामलाई “म हुँ” भनेर अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/reveal)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

मानिसको पुत्र

येशूले आफैँलाई “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ । केही भाषाहरूमा कुनै व्यक्तिले आफैँलाई तेस्रो व्यक्तिमा जनाउने तरिका नहुन सक्छ ।

सम्बन्धित खण्‍डहरूः

<< | >>