Door43-Catalog_ne_tn/jhn/13/01.md

2.7 KiB

सामान्य जानकारीः

निस्तार-चाड अझै आइसकेको छैन र येशू अन्तिम भोजको निम्ति उहाँका चेलाहरूसँगै हुनुहुन्छ । यी पदहरूले कथाको परिस्थिति बताउँछन् अनि येशू र यहूदाको बारेमा पृष्‍ठभूमि जानकारी दिन्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

पिता

यो परमेश्‍वरको निम्ति महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

प्रेम गर्नुभयो

यस किसिमको प्रेम परमेश्‍वरबाट आउँछ, र आफैँलाई कुनै लाभ नभए पनि अरूको भलाइमा केन्द्रित हुन्छ । यस किसिमको प्रेमले तिनीहरूले जे गरे पनि अरूको वास्ता गर्छ ।

दियाबलसले सिमोनको छोरा यहूदा इइस्करियोतको हृदयमा येशूलाई विश्‍वासघात गर्ने कुरा अगि नै हालिदिएको थियो

“हृदयमा हालिदिएको थियो” भन्‍ने पदावली एउटा टुक्‍का हो जसको अर्थ कसैलाई कुनै थोकबारे सोच्‍ने तुल्याउनु भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “दियाबलसले सिमोनका छोरा यहूदा इस्करियोतलाई अगि नै येशूलाई विश्‍वासघात गर्नेबारे सोच्‍ने तुल्यायो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

अनुवादका शब्‍दहरू