Door43-Catalog_ne_tn/jhn/01/intro.md

5.4 KiB

यूहन्‍ना ०१ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई अलग राख्‍न रोज्‍छन् । यूएलबी र अरू धेरै अङ्ग्रजी अनुवादहरूले १:२३ का पङ्क्तिहरूलाई अलग राख्‍छन्, जुन पुरानो करारबाटको एक उद्धरण हो ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“वचन”

यो खासमा येशूलाई जनाउन प्रयोग गरिएको एउटा अद्वितीय संरचना हो । उहाँ देहधारी हुनुभएको “परमेश्‍वरको वचन” र पृथ्‍वीमा परमेश्‍वर आफैँको अन्तिम प्रकटिकरण हुनुहुन्छ । हुन त यो एउटा जटिल शिक्षा भएको जस्तो लाग्‍न सक्छ, तर खासमा यो धेरै साधारण छः येशू परमेश्‍वर, स्‍वर्गहरू र पृथ्‍वीको सृष्‍टिकर्ता हुनुहुन्छ । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/other/wordofgod]], [[rc:///tw/dict/bible/kt/flesh]] अनि rc://*/tw/dict/bible/kt/reveal)

ज्योति र अन्धकार

यी नयाँ करारमा भएका सामान्य चित्रणहरू हुन् । ज्योतिलाई यहाँ परमेश्‍वर र उहाँको धार्मिकताको प्रकटिकरणलाई इङ्कित गर्न प्रयोग गरिएको छ । अन्धकारले पापलाई वर्णन गर्छ र पाप परमेश्‍वरबाट लुकिरहन खोज्‍छ । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/other/light]], [[rc:///tw/dict/bible/kt/righteous]], [[rc:///tw/dict/bible/other/darkness]] अनि [[rc:///tw/dict/bible/kt/sin]])

“परमेश्‍वरका सन्तानहरू”

जब कसैले येशूमा विश्‍वास गर्छ, तिनीहरू “क्रोधका सन्तान” हुनेबाट “परमेश्‍वरका सन्तान” हुनेमा जान्छन् । तिनीहरू “परमेश्‍वरको परिवार”मा अपनाइन्छन् । यो एउटा महत्त्वपूर्ण चित्रण हो जुन नयाँ करारमा खोलिनेछ । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/believe]] अनि [[rc:///tw/dict/bible/kt/adoption]])

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

अलङ्कारहरू

हुन त अरू सुसमाचारका विवरणहरूमा येशूका शिक्षाहरू र अगमवाणीमा बारम्बार अलङ्कारहरूको प्रयोग पाइन्छ, यस सुसमाचारको पहिलो अध्यायमा भने येशूको जीवनको अर्थ बताउनको लागि अलङ्कारहरूको प्रयोग गर्छ । यी अलङ्कारहरूका कारण, पाठकहरूले देख्‍न सक्छन् कि यो सुसमाचार येशूको जीवन बारेको अझ गहिरो ईश्‍वरशास्‍त्रीय बुझाइ हुनेछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

“आदिमा वचन हुनुहुन्थ्यो”

यस अध्यायको पहिलो भागले एउटा तार्किक र लगभग साहित्यक ढाँचालाई पछ्याउँछ, जसको नक्‍कल अनुवादमा उतार्न कठिन हुनेछ ।

“मानिसको पुत्र”

येशूले आफैँलाई “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ । केही भाषाहरूमा कुनै व्यक्तिले आफैँलाई तेस्रो व्यक्तिमा जनाइरहेको देखाउन अप्ठेरो हुन सक्छ । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/sonofman)

सम्बन्धित खण्‍डहरूः

| >>