Door43-Catalog_ne_tn/heb/13/intro.md

2.5 KiB

हिब्रूहरू १३ सामान्य टिपोटहरू

संरचना र ढाँचा

यस अध्यायले ख्रीष्‍टिएनहरूलाई अध्याय १२ मा दिन सुरु गरिएको सल्‍लाहहरूको श्रृङ्खलालाई निरन्तरता दिन्छ । यी आज्ञाहरू सधैँ एक अर्कासँग जोडिएका हुँदैनन्, त्यसैले अनुवादकले विषयहरूको बीचमा एकनासको फेरबदल गर्नलाई बाध्य भएको महसुस गर्नु हुँदैन । केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई अलग राख्‍न रोज्‍छन् । यूएलबी र अरू धेरै अङ्ग्रजी अनुवादहरूले १३:६ का पङ्क्तिहरूलाई अलग राख्‍छन्, जुन पुरानो करारबाटको एउटा उद्धरण हो ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

"स्‍वर्गदूतहरूको सत्कार"

यस पदावलीको खास अर्थ जानिएको छैन । यो सम्भवतः अब्राहामले स्वर्गदूतहरूको सत्कार गरिरहेको कुराको उल्‍लेख हो (उत्पत्ति १८) । “स्वर्गदूतहरू”को लागि भएको ग्रीक शब्दलाई “सन्देशवाहकहरू” भनेर पनि अनुवाद गर्न सकिन्छ । यसले पदावलीलाई कुनै पनि अपरिचित व्यक्ति परमेश्‍वरको सन्देशवाहक वा दास हुन सक्‍ने अर्थ दिन्छ, त्यसैले तिनीहरूलाई अतिथि-सत्कार देखाइनुपर्छ ।

सम्बन्धित खण्‍डहरूः

__<< | __