Door43-Catalog_ne_tn/eph/06/19.md

33 lines
3.1 KiB
Markdown

# जोड्ने कथनः
पत्रको अन्त्यमा, झ्यालखानामा हुँदा सुसमाचार प्रचार गर्न साहस मिलोस् भनेर प्रार्थना गरिदिनको निम्ति पावलले अनुरोध गरिरहेका छन् र तिनीहरूलाई सान्त्वना दिनको निम्ति उनले तुखिकसलाई पठाउने कुरा बताउँछन् ।
# मलाई सन्देश दिइयोस्
यसलाई कर्तृ वाच्यमा व्यक्‍त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मलाई परमेश्‍वरले वचन दिनुभएको होस्” वा “परमेश्‍वरले मलाई सन्देश दिनुभएको होस्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
# आफ्नो मुख खोल्दा ... मैले दृढतापूर्वक अरूलाई बताउन सकूँ भनेर प्रार्थना गरिदओ
“मैले बोल्दा ... मैले दृढतापूर्वक व्याख्या गर्न सकूँ भनेर प्रार्थना गरिदेओ”
# आफ्नो मुख खोल्दा
यो बोल्नको लागि हो । वैकल्पिक अनुवाद: “बोल्दा” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-idiom]])
# सुसमाचारको निम्ति साङ्लाले बाँधिएको म एक राजदूत हुँ
वैकल्पिक अनुवाद: “म सुसमाचारको प्रतिनिधि भएको हुनाले अहिले म झ्यालखानामा छु” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
# मैले बोल्नुपर्ने समयमा म आँटिलो भएर यस विषयमा बोल्न सकूँः
"प्रार्थना" शब्द १९ पदबाट बुझिन्छ । वैकल्पिक अनुवाद: “मैले परमेश्‍वरको सन्देशबारे बोल्ने समयमा, आँटिलो भएर बोल्न सकूँ” वा “म यी साङ्लामा हुँदा, मैले बोल्नुपर्ने कुरा आँटिलो भएर बोल्न सकूँ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])
# अनुवादका शब्‍दहरू
* [[rc://*/tw/dict/bible/kt/pray]]
* [[rc://*/tw/dict/bible/other/know]]
* [[rc://*/tw/dict/bible/other/bold]]
* [[rc://*/tw/dict/bible/other/mystery]]
* [[rc://*/tw/dict/bible/kt/goodnews]]
* [[rc://*/tw/dict/bible/other/ambassador]]