Door43-Catalog_ne_tn/act/25/intro.md

2.3 KiB

प्रेरितहरू २५ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

कृपा

यहूदी अगुवाहरूले रोमी अधिकारीहरूबाट कृपा पाउने कोसिस गर्न धेरै असामान्य कुरा थियो । तिनीहरूले धेरैपटक अन्यजाति अगुवाहरूलाई दुष्‍टको रूपमा हेर्थे । तापनि, बडाहाकिम यहूदीहरूसँग शान्ति चाहन्थे, त्यसैले उनले यहूदी अगुवाहरूलाई खुशी बनाउन खोजे । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/favor]] अनि [[rc:///tw/dict/bible/kt/evil]])

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

रोमी नागरिकता

रोमी नागरिकता भएका मानिसहरूलाई थुप्रै विशेषाधिकारहरू दिइएको थियो । उदाहरणको लागि, कुनै अपराध गरेको आरोप तिनीहरूलाई लागेको भए, तिनीहरूले कैसरकहाँ अपिल गर्न सक्थे । रोमी नागरिकता हुनु भनेको धेरै महत्त्वको कुरा थियो र यो नागरिकता प्राप्‍त गर्न मानिसहरूले धेरै अधिक प्रयास गर्ने गर्थे । रोमी अधिकारीहरू एउटा रोमी नागरिकलाई त्यसरी व्यवहार गरेको कारण समस्यामा पर्न सक्थे ।

सम्बन्धित खण्‍डहरूः

<< | >>