Door43-Catalog_ne_tn/act/21/32.md

2.3 KiB

सामान्य जानकारी:

पहिलो शब्द "ऊ" र "उनले" शब्दले उल्लेखित पहरेदारको प्रमुख कप्तानलाई जनाउँछ प्रेरितहरू २१:३१

तलतिर दौडे

किल्लाबाट अदालतसम्म जानको लागि सिँढी छ ।

प्रमुख कप्‍तान

करिब ६०० जना सिपाहीको अधिकृत वा अगुवा

पावललाई समाते

“पावललाई पक्रे” वा “पावललाई गिरफ्तार गरे”

उसलाई बाँध्न आदेश

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "आफ्ना सिपाहीहरूलाई उनलाई बाँध्न आदेश दिए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

दुईवटा साङ्लाको साथ

यसको अर्थ हो, उनीहरूले पावललाई दुईजना रोमी सिपाहीहरूसँग बाँधे, तिनीहरू प्रत्येकको एक छेउमा ।

उनले सोधे कि ऊ को थियो र उसले के गर्यो

यो प्रत्यक्ष उद्धारणको रूपमा भन्न सकिन्छ। वैकल्‍पिक अनुवादः "उसले सोध्यो, 'यो मान्छे को हो? उसले के गर्यो?" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

उनले सोधे कि उनी को हुन्

कप्तान पावललाई होइन तर भीडसँग कुरा गर्दैछ।

अनुवादका शब्‍दहरू