Door43-Catalog_ne_tn/act/15/36.md

3.0 KiB

जोड्ने कथनः

पावल र बर्णाबास छुट्टै यात्रामा गए ।

हामी अब फर्कौँ

“म सल्लाह दिन्छु कि हामी अब फर्कौँ”

भाइहरूलाई भेटौँ– “भेटौँ” ले “वास्ता गर्नु” वा “कसरी सहायता गर्न सकिन्छ, विचार गरौँ” भन्‍ने कुरोलाई व्यक्‍त गर्छ ।

“भाइहरूको वास्ता गर्नु” वा “विश्‍वासीहरूलाई सहायता गर्न खोज्नु”

यो परमप्रभुको सन्देश हो

यहाँ "शब्द" सन्देशको अर्थ हो । वैकल्‍पिक अनुवादः "प्रभुको बारेमा सन्देश" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

उनीहरू कस्ता छन् हेरौँ

"उनीहरूले कसरी गरिरहेका छन् जान्नुहोस् ।" भाइहरूको अहिलेको अवस्थाको बारेमा थाहा पाऔँ र तिनीहरूलाई दिइएको सत्यतामा कसरी अडिग बसेका छन् हेरौँ ।

मर्कूस भनिने यूहन्‍नालाई पनि तिनीहरूसँगै लैजान

“मर्कूस भनिने यूहन्‍नालाई लैजान”

तर पावलले मर्कूसलाई लिएर जान ठिक छैन भनी विचार गरे

“ठिक छैन” लाई “ठिक छ” को विपरीत अर्थ दिनको लागि प्रयोग गरिन्छ । वैकल्पिक अनुवादः “पावलले मर्कूसलाई लिएर जानु गलत हो भन्‍ने सोचे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-litotes)

पाम्फिलिया

यो एशिया माइनर मा एक प्रान्त थियो । तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् प्रेरितहरू २:१०

उनीहरूसँग काममा अगाडि बढ्न सकेन

"तब उनीहरूसँग कार्य गर्न जारी राखेन" वा "उनीहरूसँग सेवा गर्न जारी राखेन"

अनुवादका शब्‍दहरू