Door43-Catalog_ne_tn/act/15/03.md

4.1 KiB

सामान्य जानकारी:

यहाँ "तिनीहरू," "तिनीहरू", र "तिनीहरु" भन्ने शब्दहरूले पावल, बर्णाबास र केहि अरुलाई जनाउँदछ । (हेर्नुहोस्ः प्रेरितहरू १५:२)

त्यसकारण उनीहरू ... पठाइए ... भएर गए–

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसकारण मण्डलीले पावल, बारनाबास र एन्टिओखियाका अन्य केही विश्‍वासीहरूलाई यरूशलेम पठाए ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

मण्डलीले पठाएको हो

यहाँ "मण्डली" भनेको ती मानिसहरू हुन् जसलाई मण्डलीका एक हिस्सा थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

भएर गए ... घोषणा गरे

“भएर गए” र “घोषणा गरे” शब्दहरूले तिनीहरूले परमेश्‍वरले गर्नुभएको कुराको बारेमा विस्तृत रूपमा बताउँदै विभिन्‍न ठाउँहरूमा समय बिताए भन्‍ने कुरालाई जनाउँछन् ।

गैरयहूदीहरू विश्‍वासमा आएका घोषणा गरे

अमूर्त संज्ञा "रूपान्तरण" को अर्थ अन्यजातिहरूले उनीहरूका झूटा देवताहरूलाई अस्वीकार गर्दै थिए र परमेश्वरमा विश्वास गरिरहेका थिए । वैकल्‍पिक अनुवादः "अन्यजातिहरूले परमेश्वरमा विश्वास गर्दै थिए भनेर ती ठाउँहरूमा विश्वासीहरूको समुदायलाई घोषणा गरियो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

उनीहरूले सबै भाइहरूमा ठूलो आनन्द ल्याए

भाइहरूले आनन्दित तुल्याउने तिनीहरूको सन्देशलाई "खुशी" को रूपमा मानिन्छ कि तिनीहरूले भाइहरूमा ल्याएको एक वस्तु हो । वैकल्‍पिक अनुवादः "उनीहरूले भनेका कारण उनीहरूका सँगी विश्वासीहरू रमाए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

भाइहरू

यहाँ "भाइ" ले सँगी विश्वासीहरुलाई जनाउँछ।

उनीहरूलाई मण्डलीले ... स्वागत गरियो

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मण्डलीका सदस्यहरूले उनीहरूको स्वागत गरे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

उनीहरूसँग

“उनीहरूद्वारा”

अनुवादका शब्‍दहरू