Door43-Catalog_ne_tn/act/09/intro.md

2.2 KiB

प्रेरितहरू ०९ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“मार्ग”

यो ती मानिसहरूलाई दिइएको नाम जस्तो देखिन्छ जुन सुरुको मण्‍डलीमा भएका ख्रीष्‍टिएनहरू थिए ।

“दमस्कसमा भएका सभाघरहरूका लागि पत्रहरू”

पावलले खोजेका पत्रहरू भनेको कानूनी कागजहरू हुनुपर्छ, जसले ख्रीष्‍टिएनहरूलाई सतावट दिने र कारावासमा राख्‍ने अधिकार दिन्थ्यो । “कानूनी कागजहरू” वा “कानूनी हिसाबले बाँध्‍ने कागजहरू”को लागि अनुवादकको संस्कृतिमा विभिन्‍न शब्दहरू हुन सक्छन् जुन अनुवादमा सहयोगी हुन सक्छ ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

“म येशू हुँ”

पाठ्यखण्‍डले यसलाई किटेरै स्‍पष्‍ट बनाउँदैन, तर यो भनेको उहाँ मृतकबाट बिउँताइनु भएपछि, शरीरमा वा भौतिक रूपमा देखा पर्नुभएको येशू हुनुहुन्छ । उहाँ केवल शाऊललाई मात्र दृश्‍य हुनुहुन्थ्यो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

सम्बन्धित खण्‍डहरूः

<< | >>