Door43-Catalog_ne_tn/2pe/01/intro.md

3.0 KiB

२ पत्रुस ०१ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

परमेश्‍वरलाई जान्‍ने

ख्रीष्‍टिएन आत्मिक वृद्धिलाई धेरैपटक परमेश्‍वरलाई अझ जान्‍ने वा परमेश्‍वरलाई थप राम्ररी चिन्‍ने कुरा जसरी वर्णन गरिएको छ । यो किनभने बढ्दै गरेका ख्रीष्‍टिएनहरूले तिनीहरू हुर्कदै गर्दा परमेश्‍वरका कुराहरूलाई अझ राम्रोसँगले बुझ्‍न सक्छन् । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/spirit)

परमेश्‍वरले गर्नुभएका कुराहरूलाई बिर्सने

पत्रुसले विश्‍वास गर्छन् कि धर्मी जीवन नजिइरहेका ख्रीष्‍टिएनहरूले तिनीहरूको उद्धारको मूल्यलाई बिर्सिसकेका छन् । उनले तर्क राख्छन्ः यदि तिनीहरूले तिनीहरूका पुराना जीवनहरूलाई र येशूले के गर्नुभयो भनेर सम्झे भने, तिनीहरू धर्मी जीवन जिउनलाई पर्याप्‍त मात्रामा उत्‍प्रेरित हुने थिए । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/godly]] अनि [[rc:///tw/dict/bible/kt/save]])

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

ईश्‍वरीय प्रकाश

पत्रुसले इसाई विश्‍वासलाई परमेश्‍वरद्वारा प्रकट गरिएको र प्रमाणित गरिएको एउटा धर्मको रूपमा वर्णन गर्छन्, त यसैले यो अर्थ दिइएको छ कि यो कुनै मानिसको सिर्जना होइन, जस्तो अन्य सबै धर्महरू हो (यहूदी धर्म बाहेक) । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/reveal]] अनि [[rc:///ta/man/translate/figs-explicit]])

सम्बन्धित खण्‍डहरूः

| >>