Door43-Catalog_ne_tn/2pe/01/01.md

4.4 KiB

सामान्य जानकारीः

पत्रुसले लेखकको रूपमा आफ्नो परिचय दिन्छन् र आफूले लेखिरहेका विश्‍वासीहरूलाई अभिवादन गर्छन् ।

येशू ख्रीष्‍टका दास र प्रेरित सिमोन पत्रुसबाटः

पत्रुसले आफैलाई ख्रीष्‍टको दासको रूपमा चिनाउँछन् । उनलाई ख्रीष्‍टको प्रेरितको पद र अधिकार दिइएको थियो ।

ख्रीष्‍टमा हाम्रो जस्तै मूल्यवान् विश्‍वास प्राप्‍त गरेकाहरूलाईः

ती मानिसहरूले विश्वास पाइसकेका छन् भन्ने कुराको तात्पर्य यो हो कि परमेश्वरले उनीहरूलाई त्यो विश्वास दिनुभयो । यहाँ: "जसलाई परमेश्वरले त्यस्तै अनमोल विश्वास दिनुभएको छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

प्राप्‍त गरेकाहरूलाईः

“तिमीहरू जसले प्राप्‍त गरेका छौ ।” पत्रुसले यो पत्र प्राप्‍त गर्नेहरू सबैलाई सम्बोधन गर्छन् ।

हामीले पायौँ

हाम्रो जस्‍तै यहाँ शब्द “हाम्रो” ले पत्रुस र अन्य प्रेरितहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “हामी प्रेरितहरूले प्राप्‍त गरेका छौँ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

तिमीहरूलाई अनुग्रह होस् ... तिमीहरूमा शान्ति प्रशस्त हुँदै जाओस्ः

परमेश्‍वरले विश्‍वासीहरूलाई अनुग्रह र शान्ति दिनुहुनेछ । ैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई अनुग्रह दिनुभएको होस् र तिमीहरूको शान्तिको वृद्धि गर्नुभएको होस् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

शान्ति प्रशस्त हुँदै जाओस्ः

पत्रुसले शान्तिलाई आकारमा वा सङ्ख्यामा वृद्धि हुने कुनै वस्तुको रूपमा व्यक्‍त गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

हाम्रा परमेश्‍वर र येशू ख्रीष्‍टको ज्ञानद्वाराः

तपाईं मौखिक वाक्यांश प्रयोग गरेर "ज्ञान" अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वर र येशू ख्रीष्‍टको बारेमा भएको तिमीहरूको ज्ञानद्वारा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

अनुवादका शब्‍दहरू