Door43-Catalog_ne_tn/2co/11/intro.md

9.1 KiB

२ कोरिन्थीहरू ११ सामान्य टिपोटहरू

संरचना र ढाँचा

यस अध्यायले अध्याय १० मा सुरु भएको पावलको प्रतिरोधलाई निरन्तरता दिन्छ र त्यो यस पुस्तकको अन्त्यसम्‍म लम्बिन्छ ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

झूटो शिक्षा

कोरिन्थीहरू येशू र इसाई विश्‍वासको बारेमा झूटो शिक्षालाई ग्रहण गर्न धेरै छिटा थिए । यी अरू शिक्षकहरू येशू र सुसमाचारको बारेमा ती कुराहरू सिकाइरहेका थिए जुन फरक थिए र सत्य थिएनन् । यी झूटा शिक्षकहरूको विपरीतमा, पावल कोरिन्थीहरूको सेवामा त्यागी ढङ्गले जिउँछन् । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/goodnews)

ज्योति

यो नयाँ करारमा भएका धेरै प्रयोग गरिने चित्रण हो । ज्योतिलाई यहाँ परमेश्‍वर र उहाँको धार्मिकताको प्रकाशलाई सङ्केत गर्नलाई प्रयोग गरिएको छ । अन्धकारले पापलाई वर्णन गर्छ र पाप चाहिँ परमेश्‍वरबाट लुकेर रहन खोज्छ । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/other/light]], [[rc:///tw/dict/bible/kt/righteous]], [[rc:///tw/dict/bible/other/darkness]] अनि [[rc:///tw/dict/bible/kt/sin]])

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

अलङ्कार

पावलले यो अध्यायलाई एउटा विस्तारित अलङ्कारसँग सुरु गर्छन् जसमा पावलले आफैँलाई कुनै दुलहीको एक पितासँग तुलना गर्छन् जसले एउटा शुद्ध, कुमारी दुलही उनको दुलहालाई दिइरहेका छन् । हुन त सांस्कृतिक पृष्‍ठभूमिको आधारमा विवाहको चलनहरू फरक हुन्छन्, कसैलाई वयस्क र पवित्र सन्तानको रूपमा प्रस्तुत गर्न सहायता गर्ने अवधारणालाई यस अध्यायमा स्‍पष्‍ट बनाइएको छ । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]], [[rc:///tw/dict/bible/kt/holy]] अनि rc://*/ta/man/translate/figs-explicit)

व्यङ्ग्‍य

यो अध्याय व्यङ्ग्‍यहरूले भरिपूर्ण छ । पावलले कोरिन्थी विश्‍वासीहरूलाई उनको व्यङ्ग्‍यले शर्ममा पार्ने आशा गरिरहेका छन् । “तिमीहरूले यी कुराहरूलाई निकै राम्ररी सहन गर्दछौ !” पावलले सोच्छन् कि जुन तरिकाले झूटा शिक्षकहरूले तिनीहरूसँग व्यवहार गरे, त्यसलाई सहेर बस्‍नुहुँदैन । पावलले तिनीहरू वास्तवमा प्रेरितहरू हुन् भनेर पनि सोच्दैनन् । यो भनाइ, “किनभने तिमीहरूले खुशीसाथ मूर्खहरूलाई सहन गर्दछौ । तिमीहरू आफैँ धेरै बुद्धिमान् छौ !”, यसले कोरिन्थीहरूले तिनीहरू धेरै बुद्धमान् छन् भनी सोच्छन् तर पावलले त्यस्तो ठान्दैनन् भन्‍ने अर्थ दिन्छ । “म हाम्रो शर्मको लागि भन्छु कि हामी त्यो गर्न धेरै कमजोर थियौँ ।” पावलले कुनै व्यवहारलाई हटाउनको लागि त्यसको बारेमा कुरा गर्छन् जुन उनले सोच्छन् कि त्यो धेरै गलत छ । उनले यसरी बोलिरहेका छन् कि मानौँ उनले सोच्छन् कि त्यो काम नगरेर उनले धेरै गलत गरेका छन् । उनले एउटा आलङ्कारिक प्रश्‍नलाई व्यङ्ग्‍यको रूपमा प्रयोग गरे । “तिमीहरू उचालिउ भनेर मैले आफैँलाई नम्र तुल्याएर के मैले पाप गरेँ ?” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-irony]], [[rc:///tw/dict/bible/kt/apostle]] अनि rc://*/ta/man/translate/figs-rquestion)

आलङ्कारिक प्रश्‍नहरू

झूटा प्रेरितहरूको श्रेष्‍ठताको दाबीहरूलाई गलत ठहर्‍याउँने क्रममा, पावलले जवाफको साथै एक लहर आलङ्कारिक प्रश्‍नहरूको प्रयोग गरेः “के तिनीहरू हिब्रूहरू हुन् ? म पनि हुँ । के तिनीहरू इस्राएलीहरू हुन् ? म पनि हुँ । के तिनीहरू अब्राहामका सन्तानहरू हुन् ? म पनि हुँ । के तिनीहरू ख्रीष्‍टका सेवकहरू हुन् ? (म यसरी कुरा गरिरहेको छु कि मानौँ म बौलाहा भएको छु)” म बढी हुँ ।" उनले आफूले परिवर्तन गरिरहेकाहरूसँग समानुभूति व्यक्त गर्न पनि एक लहरै आलङ्कारिक प्रश्‍नहरूको प्रयोग गरेः “को कमजोर छ र म कमजोर छैन ? कसले अरू कसैलाई पापमा पर्न लगाएको छ र म आफैँभित्र जल्दिन ?”

“के तिनीहरू ख्रीष्‍टका सेवकहरू हुन् ?”

यो गिल्‍लापूर्ण व्यङ्ग्‍य हो, एउटा विशेष प्रकारको व्यङ्ग्‍य जुन खिसी गर्न वा अपमान गर्नलाई प्रयोग गरिन्छ । पावलले यी झूटा शिक्षकहरू वास्तवमै ख्रीष्‍टका सेवकहरू हुन् भनी विश्‍वास गर्दैनन्, केवल तिनीहरूले ढोङ्ग मात्र गरेका हुन् भनी मान्छन् ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

विरोधाभासी अलङ्कारको प्रयोग

यो एउटा भनाइ हो जुन अनौठो देखिन्छ, जुन आफैँसँग नमिलेको जस्तो देखिन्छ । यस अध्यायमा एउटा विरोधाभासी अलङ्कारको प्रयोग भएको छः पावल उनको कमजोरीमा गर्व गर्छन् । यो कठिनाइहरूप्रतिको अन्तर्बोधको विपरीतमा रहेको प्रतिक्रिया हो ।

सम्बन्धित खण्‍डहरूः

<< | >>