Door43-Catalog_ne_tn/2co/11/10.md

3.7 KiB

जस्तो ख्रीष्‍टको सत्यतामा मभित्र छ, यो

पावलले जोड दिइरहेका छन् किनभने उनका पाठकहरूले उनले ख्रीष्‍टबारे साँचो कुरा भन्छन् भनी जान्दछन्, उनले यहाँ सत्य भनिरहेका छन् भन्‍ने तिनीहरूले जान्न सक्छन् । “पक्कै पनि तिमीहरू जान्दछौ कि मैले ख्रीष्‍टबारे सत्य कुरा जान्दछु र घोषणा गर्छु, मैले जे भन्न लागेको छि सो सत्य हो भन्‍ने तिमीहरू जान्‍न सक्छौ । यो”

मेरो गर्व रोकिनेछैन

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “कोही पनि मलाई घमण्ड गर्नबाट रोक्न र मलाई चुप पार्न सक्षम हुनेछैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

यो मेरो गर्व

यसले पावलले (२ कोरिन्थीहरू ११:७-९) मा जसको बारेमा बताए, त्यसलाई जनाउँछ ।

अखैयाका भागहरू

“अखैयाका क्षेत्रहरू ।” “भागहरू” शब्दले राजनीतिक विभाजनहरू होइन, भूमिको क्षेत्रलाई जनाउँछ ।

किन ? किनकि म तिमीहरूलाई प्रेम गर्दिनँ ?

कोरिन्थीहरूको निम्ति प्रेमलाई जोड दिन पावलले आलङ्कारिक प्रश्‍न प्रयोग गर्छन् । यी प्रश्‍नहरूलाई एउटै बनाउन वा एउटै कथनमा मिलाउन सकिन्छ । वैकल्‍पिक अनुवादः “के मैले तिमीहरूलाई प्रेम नगरेकैले म तिमीहरूमाथि बोझ हुन नचाहेको हो त?” वा “तिमीहरूले मेरा आवश्यकताहरू पूर्ती गर्नबाट तिमीहरूलाई वञ्चित पार्छु किनभने यसले म तिमीहरूलाई प्रेम गर्छु भन्‍ने अरूहरूलाई देखाउँछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

परमेश्‍वर जान्‍नुहुन्छ

तपाईंले बुझिएको कुरालाई प्रस्‍ट पार्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “म तिमीहरूलाई प्रेम गर्छु भनेर परमेश्‍वर जान्‍नुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

अनुवादका शब्दहरू