Door43-Catalog_ne_tn/2co/11/03.md

2.7 KiB

मलाई डर लागेको छ कि कुनै किसिमले ... ख्रीष्‍टप्रतिको पवित्र आराधना

“तर मलाई डर छ कि कुनै कारणले तिमीहरूका विचारहरू ख्रीष्‍टप्रतिको भक्तिपूर्ण र पवित्र आराधनाबाट बहकिएर जाला जसरी सर्पले आफ्नो चलाखीले हव्वालाई छल्यो”

तिमीहरूका विचारहरू बहकिएर अन्तै जालान्

पावलले विचारहरूलाई मानिसहरूले गलत मार्ग डोर्‍याउन सक्ने जनावरहरू झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “कसैले तिमीहरूलाई झुटहरूमा विश्‍वास गर्न लगाउन सक्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

किनभने मानौँ यदि कोही आउँछ र

“जब कोही आउँछ र”

तिमीहरूले प्राप्‍त गरेको आत्माभन्दा छुट्टै आत्मा … तिमीहरूले प्राप्‍त गरेको सुसमाचारभन्दा फरक सुसमाचार

“पवित्र आत्माभन्दा भिन्‍नै आत्मा … वा तिमीहरूले हामीबाट प्राप्‍त गरेकोभन्दा भिन्‍न सुसमाचार”

यस्ता कुराहरूलाई सह्‍यौ

“यस्ता कुराहरूसँग व्यवहार गर्‍यौ ।” तपाईंले यी शब्दहरूलाई २ कोरिन्थीहरू ११:१ मा कसरी अनुवाद गरिएका थिए, सो हेर्नुहोस् ।

अनुवादका शब्दहरू