Door43-Catalog_ne_tn/2co/06/intro.md

4.9 KiB

२ कोरिन्थीहरू ०६ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई अलग राख्‍न रोज्‍छन् । यूएलबी र अरू धेरै अङ्ग्रजी अनुवादहरूले ६:२, १६, १७-१८ का पङ्क्तिहरूलाई अलग राख्‍छन्, जुन पुरानो करारबाटका उद्धरणहरू हुन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

सेवकहरू

ख्रीष्‍टिएनहरूलाई परमेश्‍वरका सेवकहरू भनिन्छ । यो किन हो भने जस्तोसुकै परिस्थितिहरूमा पनि तिनीहरूको जीवनमा परमेश्‍वरको सेवा गर्न तिनीहरूलाई बोलाइएको छ । यो कुरा कोही व्यक्तिसँग धेरै चुनौतिपूर्ण परिस्थितिहरू भएको भएतापनि साँचो हो ।

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

विपरीत कुराहरू

पावलले विपरीत रहेका कुराहरूको चार जोडिहरूको प्रयोग गर्छन्ः धार्मिकता विरुद्ध व्यवस्थाहीनता, ज्योति विरुद्ध अन्धकार, ख्रीष्‍ट विरुद्ध शैतान, र परमेश्‍वरको मन्दिर विरुद्ध मूर्तिहरू । यी विपरीतमा रहेका कुराहरूबाट ख्रीष्‍टिएनहरू र गैर-ख्रीष्‍टिएनहरूको बीचमा फरक छुट्‌ट्याउन खोजिएको छ । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/righteous]], [[rc:///tw/dict/bible/other/light]] अनि rc://*/tw/dict/bible/other/darkness)

ज्योति र अन्धकार

यी नयाँ करारमा भएका धेरै प्रयोग गरिने चित्रणहरू हुन् । ज्योतिलाई यहाँ परमेश्‍वर र उहाँको धार्मिकताको प्रकाशलाई सङ्केत गर्नलाई प्रयोग गरिएको छ । अन्धकारले पापलाई वर्णन गर्छ र पाप चाहिँ परमेश्‍वरबाट लुकेर रहन खोज्छ । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/other/light]], [[rc:///tw/dict/bible/kt/righteous]], [[rc:///tw/dict/bible/other/darkness]] अनि [[rc:///tw/dict/bible/kt/sin]])

आलङ्कारिक प्रश्‍नहरू

पावलले उनका पाठकहरूलाई सिकाउनलाई एक लहर आलङ्कारिक प्रश्‍नहरूको प्रयोग गर्छन् । यी सबै प्रश्‍नहरूले मूलभूत रूपमा एउटै बुँदा बनाउँछन्ः ख्रीष्‍टिएनहरूले पापमा जीवन जिउनेहरूसँग घनिष्‍ठतासँग संगत गर्नुहुँदैन । यी प्रश्‍नहरूलाई जोड दिनको लागि दोहोर्‍याइएको छ । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-rquestion]] अनि [[rc:///tw/dict/bible/kt/sin]])

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

हामी

पावलले गरेको “हामी” सर्वनामको प्रयोगले कम्तीमा तिमोथी र उनी आफैँलाई प्रतिनिधित्व गरेको हुन सक्छ । यो सम्भव छ कि त्यसले अन्य मानिसहरूलाई पनि समेटेको हुन सक्छ ।

सम्बन्धित खण्‍डहरूः

<< | >>