Door43-Catalog_ne_tn/2co/06/01.md

4.8 KiB

जोड्ने कथनः

परमेश्‍वरसँग काम गर्ने कुरा कस्तो हुनुपर्छ भनेर पावलले सारांश निकाल्छन् ।

सामान्य जानकारीः

पद २ मा, पावलले यशैया अगमवक्ताको पुस्तकबाट एउटा अंशलाई उद्‌धृत गर्छन् ।

सँगसँगै काम गर्दै

पावल बताउन खोज्दैछन् कि उनी र तिमोथी परमेश्‍वरसँगै काम गर्दै छन् । वैकल्पिक अनुवाद: “परमेश्‍वरसँगै काम गर्दै” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

परमेश्‍वरको अनुग्रहलाई व्यर्थमा नलिन हामी तिमीहरूलाई अनुरोध पनि गर्दछौँ

पावलले परमेश्‍वरको अनुग्रहलाई तिनीहरूको जीवनमा प्रभावकारी हुनलाई अनुमति दिन तिनीहरूसँग बिन्ती गर्छन् । यसलाई सकारात्मक भनाइहरूमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरूले परमेश्‍वरबाट प्राप्‍त गरेका अनुग्रहको प्रयोग गर्न हामी तिमीहरूलाई बिन्ती गर्दछौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublenegatives)

किनभने उहाँले भन्‍नुहुन्छ

“किनभने परमेश्‍वरले भन्‍नुहुन्छ ।” यसले यशैया अगमवक्ताको पुस्तकबाटको एउटा उद्धरणलाई परिचय गराउँछ । वैकल्‍पिक अनुवादः “किनकि परमेश्‍वरले धर्मशास्‍त्रमा भन्नुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

हेर

यहाँ “हेर” शब्दले यसपछिको चकित पार्ने जानकारीप्रति ध्यान दिन हामीलाई सजग बनाउँछ ।

हामी कसैको अगाडि ठेस लाग्‍ने कुरा राख्दैनौँ

पावलले कोही व्यक्तिलाई ख्रीष्‍टमा विश्‍वास गर्नबाट बाधा दिने कुनै पनि कुरालाई उक्त व्यक्ति ठेस खाने र लड्ने कुनै भौतिक वस्तु भए झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “मानिसहरूलाई हाम्रो सन्देशमा विश्‍वास गर्नबाट रोक्‍ने कुनै पनि कुरा हामी गर्न चाहँदैनौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

हामी हाम्रो सेवकाइ बदनाम भएको चाहन्‍नौँ

“बदनाम हुन”ले मानिसहरूले पावलको सेवकाइको बारेमा नराम्रो रीतिले कुरा गरेको, र उनले प्रचार गरेको सन्देशको विरुद्धमा काम गरिरहेको कुरालाई दर्शाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “कसैले पनि हाम्रो सेवकाइको बारेमा नराम्ररी बोल्‍न सक्‍ने भएको हामी चाहन्‍नौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

translationWords