Door43-Catalog_ne_tn/2co/02/intro.md

2.4 KiB

२ कोरिन्थीहरू ०२ सामान्य टिपोटहरू

विशेष अवधारणाहरू

खस्रो लेखन

यो अध्याय, ठूलो भागमा, पावलले कोरिन्थीहरूलाई अगाडि लेखेका पत्रलाई जनाएर लेखिएको छ । त्यो पत्रमा खस्रो, सुधारात्मक लवज थियो । त्यो शायद पहिलो कोरिन्थीहरू भनेर जानिएको पत्र र यो पत्रको बीचमा लेखिएको थियो । त्यसले मण्‍डलीमा भएको एउटा खास अवस्थालाई पनि जनाउँछ जसलाई घुमाउरो भाषामा मात्रै बुझ्‍न सकिन्छ । यो सम्भव छ कि गल्ती गर्ने एकजना सदस्यलाई हप्‍काउन मण्‍डलीलाई कर लगाइएको थियो र अब पावलले त्यस व्यक्तिलाई अनुग्रह देखाउन तिनीहरूलाई प्रोत्साहन गरिरहेका थिए । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/grace]] अनि [[rc:///ta/man/translate/figs-explicit]])

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

सुगन्ध

एउटा मिठो सुगन्ध वा बास्ना आनन्ददायक हुन्छ । यो धर्मशास्‍त्रमा भएको एउटा मगत्त्वपूर्ण चित्रण हो । परमेश्‍वरलाई प्रसन्‍न बनाउने कुराहरूलाई धेरैपटक मिठो बास्ना आउने कुराको रूपमा वर्णन गरिएको छ ।

सम्बन्धित खण्‍डहरूः

<< | >>