Door43-Catalog_ne_tn/2co/02/01.md

2.5 KiB

जोड्ने कथनः

तिनीहरूप्रतिको तिनको महान्‌ प्रेमले गर्दा उनको पहिलो पत्रको उनको हप्की (अनैतिकताको पापलाई तिनीहरूले स्वीकार गरेकामा हप्की) ले उनलाई साथै कोरिन्थका मण्डलीका मानिसहरू र अनैतिक मानिसलाई पनि पीडा दियो भनी पावलले प्रष्‍ट पार्छन् ।

मेरो आफ्नो लागि मैले निर्णय गरेँ

“मैले निर्णय गरेँ”

पीडादायी परिस्थितिहरूमा

“तिमीहरूलाई पीडा दिन सक्ने परिस्थितिहरूमा”

यदि मैले तिमीहरूलाई दुःखित तुल्याएँ भने, मैले जसलाई दुःखित तुल्याएँ उसले बाहेक अरू कसले मलाई खुसी तुल्याउन सक्छ र ?

पावल तिनीहरूकहाँ आउने कुराले तिनीहरूलाई पीडा दिन्छ भने यसले न त उनलाई न तिनीहरूलाई नै लाभ हुन्छ भनी जोड दिन उनले यो आलङ्कारिक प्रश्‍न प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “यदि मैले तिमीहरूलाई पीडा दिएँ भने, मलाई खुशी तुल्याउने भनेको ती नै व्यक्तिहरू हुन् जसलाई मैले पीडा दिएको थिएँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

त्यही व्यक्ति जसलाई मद्वारा पीडा भएको थियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “त्यही व्यक्ति जसलाई मैले चोट पुर्‍याएको थिएँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)