Door43-Catalog_ne_tn/1co/12/intro.md

3.0 KiB

१ कोरिन्थीहरू १२ सामान्य टिपोटहरू

संरचना र ढाँचा

पवित्र आत्माका वरदानहरू

यस अध्यायले नयाँ खण्‍डको सुरुवात गर्छ । १२-१४ का अध्यायहरूले मण्‍डलीभित्र आत्मिक वरदानहरूको प्रयोगको बारेमा छलफल गर्छ ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

मण्‍डली, ख्रीष्‍टको शरीर

यो धर्मशास्‍त्रमा भएको एउटा महत्त्वपूर्ण अलङ्कार हो । मण्‍डलीको थुप्रै विभिन्‍न भागहरू हुन्छन् जसमा हरेकको विभिन्‍न कामहरू हुन्छ । तिनीहरू मिलेर एउटा मण्‍डली बन्छ । विभिन्‍न भागहरूमा सबैको आवश्‍यकता हुन्छ । हरेक भागसँग, कम महत्त्वपूर्ण जस्तो लाग्‍ने भाग समेत गरेर, अरू सबै भागहरूको बारेमा फिक्री हुनुपर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

“कसैले पनि पवित्र आत्माबाट बिना ‘येशू प्रभु हुनुहुन्छ’ भनी भन्‍न सक्दैन ।”

पुरानो करार पढ्दा, यहूदीहरूले “प्रभु” शब्दलाई “यहवे” शब्दले फेरिसकेका हुन्थे । यसले शायद यस्तो अर्थ दिन्छ कि पवित्र आत्माले यो सत्यतालाई स्‍वीकार गर्न घचघचाहट नदिनुभइकन कसैले पनि येशू यहवे हुनुहुन्छ, शरीरमा हुनुभएको परमेश्‍वर हुनुहुन्छ भनी भन्‍न सक्दैन । यदि यो कथनलाई राम्ररी अनुवाद गरिएन भने, यसले नखोजेको ईश्‍वरशास्‍त्रीय नतिजाहरू ल्याउन सक्छ ।

सम्बन्धित खण्‍डहरूः

<< | >>