Door43-Catalog_ne_tn/1co/12/01.md

3.3 KiB

जोड्ने कथनः

परमेश्‍वरले विश्‍वासीहरूलाई विशेष किसिमका वरदाहरू दिनुभएको छ भन्‍ने कुरा पावलले तिनीहरूलाई जानकारी गराउँछन् । यी वरदानहरूले विश्‍वासीहरूले बनेको शरीरलाई सहायता गर्नुपर्छ ।

तिमीहरू अनभिज्ञ रहेको म चाहन्‍न

यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म तिमीहरूले जानेको चाहन्छु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublenegatives)

तिमीहरू बोल्न नसक्‍ने मूर्तिहरूतिर बहकाइएका थियौ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले झूटहरूलाई विश्‍वास गर्‍यौ र तिमीहरूले बोल्न नसक्‍ने मूर्तिहरूलाई पूजा गर्‍यौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

कुनै न कुनै प्रकारले तिमीहरू तिनीहरूद्वारा डोहोर्‍याइएका थियौ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “र तिनीहरूले तिमीहरूलाई विभिन्‍न किसिमले डोहोर्‍याए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

परमेश्‍वरका आत्माद्वारा बोल्ने कसैले पनि भन्न सक्दैन

सम्भावित अर्थहरू हुन् १) “आफूमा परमेश्‍वरको आत्मा भएको कुनै पनि ख्रीष्‍टिएनले भन्‍न सक्दैन” वा २) परमेश्‍वरको आत्माको शक्तिमा अगमवाणी गर्ने कसैले पनि भन्‍न सक्दैन ।”

येशू श्रापित हुनुहन्छ

“परमेश्‍वरले येशूलाई दण्ड दिनुहुनेछ” वा “परमेश्‍वरले येशूलाई कष्‍ट सहन लाउनुहुनेछ”

अनुवादका शब्‍दहरू