Door43-Catalog_ne_tn/1co/12/09.md

4.7 KiB

दिइन्छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । यसलाई १ कोरिन्थीहरू १२:८ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले दिनुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अर्कोलाई एउटै आत्‍माद्वारा निको पार्ने वरदानहरू

“दिइएका छन्” भन्‍ने शब्दहरूलाई यसअघिको वाक्‍यांशबाट बुझ्‍न सकिन्छ । वैकल्पिक अनुवादः “अर्कोलाई एउटै आत्‍माद्वारा निको पार्ने वरदाहरू दिइन्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

अर्कोलाई अगमवाणी

“उही आत्‍माद्वारा दिइएका छन्” वाक्‍यांशलाई यसअघिको वाक्‍यांशहरूबाट बुझ्‍न सकिन्छ । वैकल्पिक अनुवादः “अर्कोलाई उही आत्‍माद्वारा अगमवाणी दिइन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

अर्कोलाई विभिन्‍न प्रकारका भाषाहरू बोल्‍ने

“उही आत्‍माद्वारा दिइएका छन्” वाक्‍यांशलाई यसअघिको वाक्‍यांशहरूबाट बुझ्‍न सकिन्छ । वैकल्‍पिक अनुवादः “उही आत्‍माद्वारा अर्कोलाई विभिन्‍न प्रकारका भाषाहरूमा दिइएका छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

विभिन्‍न प्रकारका भाषाहरू

यहाँ “जिब्रोहरू”ले भाषाहरूलाई प्रतिनिधित्व गर्छ । वैकल्‍पिक अनुवादः “विभिन्‍न भाषाहरू बोल्‍ने क्षमता” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अर्कोलाई भाषाहरूको अर्थ खोल्‍ने

“उही आत्‍माद्वारा दिइएका छन्” वाक्‍यांशलाई यसअघिको वाक्‍यांशहरूबाट बुझ्‍न सकिन्छ । वैकल्‍पिक अनुवादः “उही आत्‍माद्वारा अर्कोलाई भाषाहरूको अर्थ खोल्‍ने कुरा दिइन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

भाषाहरूको अर्थ खोल्ने

यो भनेको कसैले कुनै एउटा भाषामा जे भन्‍छ त्‍यो सुनेर त्‍यो व्यक्तिले जे भनेको हो सो कुरा मानिसहरूलाई भन्‍नलाई अर्को भाषाको प्रयोग गर्ने क्षमता हो । वैकल्पिक अनुवादः “अरू भाषाहरूमा भनेको कुराको अर्थ खोल्ने क्षमता”

एउटै र उही आत्मा

एउटै र एकमात्रै पवित्र आत्‍माको कामद्वारा परमेश्‍वरले वरदानहरू दिनुहुन्‍छ । यसलाई १ कोरिन्थीहरू १२:८ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।

अनुवादका शब्‍दहरू