ne_tq/mat/26/75.md

837 B

कसै-कसैले पत्रुसलाई तिनी येशूसँग थिए कि थिएनन् भनेर तिन पटक प्रश्‍न गर्दा उनले के उत्तर दिए ?

उनले येशूलाई चिन्दैनन् भनेर पत्रुसले जवाफ दिए । [२६:७३-७५]

पत्रुसको तेस्रो पटकको उत्तरपछि उनले के कुरा सम्झे ?

भाले बास्‍नुभन्दाअगि उनले येशूलाई तिन पटक इन्‍कार गर्ने थिए भनेर येशूले भन्‍नुभएको कुरा पत्रुसले सम्झे । [२६:७५]