forked from WA-Catalog/ne_tq
1.4 KiB
1.4 KiB
जब भिडले उहाँलाई सोध्यो, “तपाईं कसरी भन्नुहुन्छ, ‘मानिसका पुत्र उचालिनुपर्छ ?’ यो मानिसका पुत्र को हो ?” तब के येशूले तिनीहरूलाई सिधै जवाफ दिनुभयो ?
येशूले तिनीहरूले गरेका प्रश्नको सिधै जवाफ दिनुभएन । [१२:३५-३६]
येशूले ज्योतिको बारेमा के भन्नुभयो ?
येशूले तिनीहरूलाई भन्नुभयो, “केही समयको निम्ति ज्योति तिमीहरूसँग अझै हुनेछ । तिमीहरूसँग ज्योति हुँदा हिँड, ताकि अन्धकारले तिमीहरूलाई नढाकोस् ।” उहाँले यसो पनि भन्नुभयो, “तिमीसँग ज्योति हुँदा नै त्यो ज्योतिमा विश्वास गर, ताकि तिमीहरू ज्योतिको सन्तान हुन सक ।” [१२:३५-३६]