ne_tq/jhn/09/31.md

1.5 KiB

फरिसीहरूले त्यो दृष्‍टिविहीन मानिसलाई गाली गरेपछि त्यो मानिसले फरिसीहरूलाई कसरी ओठे जवाफ दिए ?

त्‍यस मानिसले ओठे जवाफ दिई तिनीहरूलाई भन्‍यो, “उहाँले मेरा आँखा खोलिदिनुभो, तैपनि उहाँ कहाँबाट आउनुभएको तपाईंहरू जान्‍नुहुन्‍न, यो त अचम्म भो ! हामी जान्दछौँ, कि परमेश्‍वरले पापीहरूको कुरा सुन्‍नुहुन्‍न, तर यदि कोही भक्‍त हो, र उहाँको इच्छा पुरा गर्छ भने उहाँले त्यसको कुरा सुन्‍नुहुन्छ । संसारको सुरु भएदेखि नै दृष्‍टिविहीन जन्मिएको मानिसका आँखा कसैले खोलिदिएको कुरो कहिल्यै सुनिएको छैन । यदि यो मानिस परमेश्‍वरबाट आएको होइन भने उहाँले केही पनि गर्न सक्‍नुहुन्‍नथ्यो ।” [९:३०-३३]