ne_tq/jhn/04/15.md

1.1 KiB

किन ती स्‍त्रीले येशूले दिनुहुने पानीको चाहना गरिन् ?

ती स्‍त्रीले येशूले दिनुहुने पानीको चाहना गरिन्, ताकि त्यो पानी पिएपछि तिनी नतिर्खाऊन्, र पानी लिनलाई फेरि त्यो इनारमा आउनुनपरोस् । [४:१५]

उहाँले दिने पानीको बारेमा येशूले स्‍त्रीलाई के भन्‍नुभयो ?

येशूले त्‍यसलाई भन्‍नुभयो, “जसले मैले दिने पानी पिउँछ, त्यो फेरि कहिल्यै तिर्खाउनेछैन । बरु, मैले दिने त्यो पानी त्‍यसको अन्‍तस्‍करणमा अनन्‍त जीवनसम्‍मै उम्रिरहने पानीको मूल बन्‍नेछ ।” [४:१४]