ne_tq/deu/31/29.md

1.6 KiB

मोशालाई आफ्‍नो मृत्‍युपछि के हुनेछ भन्‍ने थाहा छ भनी उनी भन्‍छन्?

मोशाको मृत्‍युपश्‍चात मानिसहरू पूर्ण रूपमा आफैलाई भ्रष्‍ट तुल्‍याउनेछन् र उनले तिनीहरूलाई आज्ञा गरेका मार्गहरूबाट तर्कनेछन् ।

मोशाले मानिसहरूलाई आज्ञा गरेका मार्गबाट तिनीहरू तर्किदा के हुनेछ भनी मोशा भन्‍छन्?

मोशाले मानिसहरूलाई आज्ञा गरेका मार्गबाट तिनीहरू तर्किएपछि आउँदा दिनहरूमा तिनीहरूमाथि प्रकोप आइपर्नेछ भनी मोशा भन्‍छन् ।

मानिसहरूमा प्रकोप किन आइपर्नेछ भनी मोशा भन्‍छन्?

प्रकोप आउनेछ, किनभने तिनीहरूले आफ्‍ना हातहरूका कामद्वारा परमप्रभुलाई रिस उठाउन उहाँको द‍ृष्‍टिमा के खराब छ तिनीहरूले त्‍यहीँ गर्नेछन् भनी मोशाले भने ।