ne_tq/deu/31/17.md

1.5 KiB

परमप्रभुको करार मानिसहरूले बिर्संदा उहाँले के गर्नुहुनेछ भनी परमप्रभुले मोशालाई भन्‍नुभयो?

मानिसहरूले उहाँको करार त्‍यागेको दिन उहाँको रिस तिनीहरूको विरूद्धमा दन्‍कनेछ, उहाँले तिनीहरूलाई त्‍याग्‍नुहुनेछ र आफ्‍नो मुहार तिनीहरूबाट लुकाउनुहुनेछ भनी परमप्रभुले मोशालाई भन्‍नुभयो ।

परमप्रभुले आफ्‍नो मुहार मानिसहरूबाट लुकाउनुहुँदा तिनीहरूलाई के हुनेछ भनी परमप्रभुले मोशालाई भन्‍नुभयो?

धेरै विनाशहरू र संकष्‍टहरू मानिसहरूमाथि आइपर्नेछन् र तिनीहरू अन्‍य देवताहरूतर्फ फर्केका हुनाले उहाँले तिनीहरूबाट आफ्‍नो मुहार लुकाउनुहुनेछ भनी मोशालाई भन्‍नुभयो ।