ne_tq/dan/12/01.md

935 B

दानिएलका मानिसहरूलाई रक्षा गर्ने को हुन्?

महान् राजकुमार मिखाएलले दानिएलका मानिसहरूलाई रक्षा गर्छन् ।

यहाँ लेखिएका विपत्तिको समय कति खराब हुनेछन्?

कुनै पनि जातिको सुरुदेखि त्‍यस समयसम्‍म कहिल्‍यै नभएका विपत्तिको समयझैँ त्‍यो समय हुनेछ ।

त्‍यस समयमा को बचाइनेछ?

त्‍यस समयमा दानिएलका मानिसहरू, जसका नाम पुस्‍तकमा लेखिएका पाइनेछ, ती सबै बचाइनेछन् ।