ne_tq/1pe/01/01.md

958 B

पत्रुस कसका लागि एक प्रेरित थिए ?

पत्रुस येशू ख्रीष्‍टका एक प्रेरित थिए । [१:१]

पत्रुसले यो पत्र कसलाई लेखे ?

पत्रुसले पोन्टस, गलातिया, कापाडोकिया, एसिया र बिथिनियाभरि छरिएर रहेका परदेशीहरूलाई यो पत्र लेखे । [१:१]

परदेशीहरू कसरी चुनिएकाहरूमध्ये एक भए ?

परदेशीहरू परमेश्‍वर पिताको पूर्वज्ञानअनुसार, पवित्र आत्माको शुद्धिकरणद्वारा चुनिएकाहरूकामध्ये एक भए । [१:१-२]