forked from WA-Catalog/ne_tq
999 B
999 B
प्रेमका विशेषताहरू के-के हुन् ?
प्रेम धीरजी र दयालु हुन्छ; यसले ईर्ष्या वा शेखी गर्दैन; यसले घमण्ड गर्दैन वा यो अशिष्ट हुँदैन । यसले आफ्नै भलाइ खोज्दैन, यो सहजै रिसाउँदैन, यसले खराबीको हिसाब राख्दैन । यो दुष्टतामा खुसी हुँदैन, तर सत्यतासित रमाउँछ । यसले सबै कुरा सहन्छ; सबै कुरामा विश्वास गर्छ; सबै कुरामा आशा राख्छ, र सबै कुरामा स्थिर रहन्छ । यसको अन्त्य कहिल्यै हुँदैन । [१३:४-७]