ne_tn/psa/059/006.md

3.6 KiB

तिनीहरू साँझमा फर्कन्छन्

"तिनीहरू" शब्दले दुष्‍ट अपराधीहरूलाई जनाउँछ ।

तिनीहरू कुकुरहरूझैँ कराउँछन्

भजन लेखकले आफ्ना शत्रुहरूले मानिसहरूलाई आक्रमण गर्न दिएको धम्‍कीको बारेमा यसरी बताउँछन् कि मानौं ती मानिसहरूमाथि कराउने वा भुक्‍ने कुकुरहरू थिए । अर्को अनुवादः "तिनीहरूले मानिसहरूलाई आक्रमण गर्ने धम्‍की दिए ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

सहर वरिपरि जान्छन्

तिनीहरू किन सहर वरिपरि जान्छन् भनेर स्‍पष्‍ट लेख्‍न सकिन्छ। अर्को अनुवादः "भेटेको जो कसैलाई आक्रमण गर्न सहर वरिपरि जान्छन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

हेर्नुहोस्

यहाँ "हेर्नुहोस्" शब्द केही कुरामाथि ध्‍यानाकर्षण गर्न प्रयोग हुँदैछ । अर्को अनुवादः "सुन्‍नुहोस्"

तिनीहरूका मुखले नराम्रा कुरा बोल्‍छन्

यी भयानक कुराहरू अपमान वा धम्‍कीहरू हुनसक्छन् । अर्को अनुवादः "तिनीहरू भयानक कुराहरू बोल्छन् ।" वा "तिनीहरू भयानक शब्दहरू निकाल्छन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूका ओठहरूमा तरवारहरू छन्

दुष्‍ट मानिसहरूले भनिरहेका कठोर वचनहरूको बारेमा यसरी बताइएको छ कि मानौं ती तरवारहरू थिए । अर्को अनुवादः "तरवारले मानिसहरूलाई नाश गरेझैँ तिनीहरू मानिसहरूलाई पीडा दिने कठोर वचनहरू बोल्छन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

हाम्रा कुरा कसले सुन्छ?

परमेश्‍वरले सुन्‍नुहुन्‍न र सजाय दिनुहुन्‍न भनी तिनीहरूले गरेको विश्‍वासलाई देखाउन यो प्रश्‍न सोधिन्छ । अर्को अनुवादः "कसैले हामीलाई सुन्‍न सक्दैन!" वा "तेरो परमेश्‍वरले हाम्रो कुरा सुन्‍नुहुन्‍न !" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद