ne_tn/psa/059/006.md

32 lines
3.6 KiB
Markdown
Raw Normal View History

2020-10-27 18:50:58 +00:00
# तिनीहरू साँझमा फर्कन्छन्
"तिनीहरू" शब्दले दुष्‍ट अपराधीहरूलाई जनाउँछ ।
# तिनीहरू कुकुरहरूझैँ कराउँछन्
भजन लेखकले आफ्ना शत्रुहरूले मानिसहरूलाई आक्रमण गर्न दिएको धम्‍कीको बारेमा यसरी बताउँछन् कि मानौं ती मानिसहरूमाथि कराउने वा भुक्‍ने कुकुरहरू थिए । अर्को अनुवादः "तिनीहरूले मानिसहरूलाई आक्रमण गर्ने धम्‍की दिए ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]])
# सहर वरिपरि जान्छन्
तिनीहरू किन सहर वरिपरि जान्छन् भनेर स्‍पष्‍ट लेख्‍न सकिन्छ। अर्को अनुवादः "भेटेको जो कसैलाई आक्रमण गर्न सहर वरिपरि जान्छन् ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
# हेर्नुहोस्
यहाँ "हेर्नुहोस्" शब्द केही कुरामाथि ध्‍यानाकर्षण गर्न प्रयोग हुँदैछ । अर्को अनुवादः "सुन्‍नुहोस्"
# तिनीहरूका मुखले नराम्रा कुरा बोल्‍छन्
यी भयानक कुराहरू अपमान वा धम्‍कीहरू हुनसक्छन् । अर्को अनुवादः "तिनीहरू भयानक कुराहरू बोल्छन् ।" वा "तिनीहरू भयानक शब्दहरू निकाल्छन् ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# तिनीहरूका ओठहरूमा तरवारहरू छन्
दुष्‍ट मानिसहरूले भनिरहेका कठोर वचनहरूको बारेमा यसरी बताइएको छ कि मानौं ती तरवारहरू थिए । अर्को अनुवादः "तरवारले मानिसहरूलाई नाश गरेझैँ तिनीहरू मानिसहरूलाई पीडा दिने कठोर वचनहरू बोल्छन् ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# हाम्रा कुरा कसले सुन्छ?
परमेश्‍वरले सुन्‍नुहुन्‍न र सजाय दिनुहुन्‍न भनी तिनीहरूले गरेको विश्‍वासलाई देखाउन यो प्रश्‍न सोधिन्छ । अर्को अनुवादः "कसैले हामीलाई सुन्‍न सक्दैन!" वा "तेरो परमेश्‍वरले हाम्रो कुरा सुन्‍नुहुन्‍न !" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/sword]]