ne_tn/psa/057/009.md

3.8 KiB

किनभने स्वर्गसम्मै पुग्‍ने तपाईंको अचूक प्रेम... तपाईंको विश्‍वासयोग्यता बादलहरूसम्म

यी दुई वाक्‍यांशहरूले समान अर्थ दिन्छन् ।परमेश्‍वरको अचूक प्रेमको महान्‌ता र उहाँको विश्‍वासयोग्यताको महान्‌ताको बारेमा यसरी बताइएको छ कि मानौँ तिनीहरूको दूरी नाप्‍न सकिन्छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-metaphor]])

किनभने स्वर्गसम्मै पुग्‍ने तपाईंको अचूक प्रेम महान् छ

परमेश्‍वरको अचूक प्रेमको महान्‌ताको बारेमा यसरी बताइएको छ कि मानौँ तिनीहरूको दूरी नाप्‍न सकिन्छ ।अर्को अनुवादः "स्‍वर्गबाट पृथ्‍वीको दूरी जस्तै तपाईंको अचूक प्रेम महान् छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

र तपाईंको विश्‍वस्‍तता बादलहरूसम्मै पुग्छन्

अर्को अनुवादः "र तपाईंको विश्‍वस्‍तता बादलहरूसम्म पुग्‍ने गरी महान् छ ।" वा " पृथ्‍वीबाट बादलहरूको दूरी जस्तै तपाईंको विश्‍वस्‍तता महान् छ ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-ellipsis]] र [[rc:///ta/man/translate/figs-metaphor]])

हे परमेश्‍वर, आकाशभन्दा उच्‍च हुनुहोस्

परमेश्‍वर उचालिनुभएको देखाउन भजन लेखक उहाँसँग आग्रह गर्दै छन् ।स्‍वर्गभन्दा माथि उचालिनुले महान् हुनुको प्रतिनिधित्‍व गर्छ । अर्को अनुवादः"हे परमेश्‍वर, तपाईं स्‍वर्गभन्दा माथि उचालिनुभएको देखाउनुहोस्।" वा " हे परमेश्‍वर, तपाईं स्‍वर्गमा महान् हुनुहुन्छ भनी देखाउनुहोस् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तपाईंको महिमा सारा पृथ्वीमाथि उच्‍च होस्

परमेश्‍वरलाई आफ्नो महिमा देखाउनुहुन भनी भजन लेखक बिन्ती गर्दै छन् । अर्को अनुवादः "सारा पृथ्‍वीमाथि तपाईंको महिमा देखाउनुहोस् ।"

शब्द अनुवाद