ne_tn/psa/056/007.md

4.2 KiB

अधर्म गरेर तिनीहरूलाई उम्कन नदिनुहोस्

तिनीहरू केबाट उम्कन्छन भन्‍ने कुरालाई स्पष्टसाथ लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनीहरूका अधर्मका लागि तपाईंको दण्डबाट तिनीहरूलाई उम्कन नदिनुहोस्" वा "तिनीहरूले गर्ने दुष्ट कुराहरूका निम्ति तपाईंले दण्ड दिनुहुँदा तिनीहरूलाई उम्कन नदिनुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

मानिसहरूलाई तल झार्नुहोस्

शत्रुहरूलाई पराजित गर्नुलाई तिनीहरूलाई तल झार्नुको रूपमा बताइएको छ । अर्को अनुवादः "मानिसहरूलाई पराजित गर्नुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मेरा भागेर हिंडेको हिसाब तपाईंले राख्‍नुहोस्

भजन लेखकको निम्ति परमेश्‍वरको वास्तालाई यसरी बताइएको छ कि मानौं परमेश्‍वरले भजन लेखक निराशामा हिँडेका र सान्त्वनाको लागि जाने ठाउँ कतै नभएको हेरक समयको हिसाब राख्‍नुभयो । अर्को अनुवादः "हरेक समय म एक्ले भौतारिएको बेला तपाईंले ख्याल राख्‍नुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मेरा आँसुहरू तपाईंको बोतलमा राख्‍नुहोस्

भजन लेखकको निम्ति परमेश्‍वरको वास्तालाई यसरी बताइएको छ कि मानौं परमेश्‍वरले भजन लेखकका आँसुहरू बोतलमा सुरक्षित राख्‍नुभयो । आँसुहरूले रुवाईलाई जनाउँछ । अर्को अनुवादः "म कत्ति धेरै रोएँ भनेर तपाईंलाई थाहा छ र तपाईं मेरो ख्याल राख्‍नुहुन्छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-metonymy]])

के ती तपाईंका पुस्तकमा छैनन् र?

भजन लेखकको निम्ति परमेश्‍वरको वास्तालाई यसरी बताइएको छ कि मानौं परमेश्‍वरले भजन लेखकको आँसुका सङ्ख्याहरू उहाँको पुस्तकमा लेख्‍नुभयो । परमेश्‍वरले भजन लेखकको कत्ति धेरै ख्याल गर्नुहुन्छ भन्‍ने कुरा याद दिलाउन यो प्रश्‍न गरिएको छ । अर्को अनुवादः "तपाईंले तिनीहरूको बारेमा तपाईको पुस्तकमा लेख्‍नुभएको छ" वा "तपाईं मेरा रोदनहरू सम्झनुहुन्छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-rquestion]])

शब्द अनुवाद