# अधर्म गरेर तिनीहरूलाई उम्कन नदिनुहोस् तिनीहरू केबाट उम्कन्छन भन्‍ने कुरालाई स्पष्टसाथ लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनीहरूका अधर्मका लागि तपाईंको दण्डबाट तिनीहरूलाई उम्कन नदिनुहोस्" वा "तिनीहरूले गर्ने दुष्ट कुराहरूका निम्ति तपाईंले दण्ड दिनुहुँदा तिनीहरूलाई उम्कन नदिनुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]]) # मानिसहरूलाई तल झार्नुहोस् शत्रुहरूलाई पराजित गर्नुलाई तिनीहरूलाई तल झार्नुको रूपमा बताइएको छ । अर्को अनुवादः "मानिसहरूलाई पराजित गर्नुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # मेरा भागेर हिंडेको हिसाब तपाईंले राख्‍नुहोस् भजन लेखकको निम्ति परमेश्‍वरको वास्तालाई यसरी बताइएको छ कि मानौं परमेश्‍वरले भजन लेखक निराशामा हिँडेका र सान्त्वनाको लागि जाने ठाउँ कतै नभएको हेरक समयको हिसाब राख्‍नुभयो । अर्को अनुवादः "हरेक समय म एक्ले भौतारिएको बेला तपाईंले ख्याल राख्‍नुभयो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # मेरा आँसुहरू तपाईंको बोतलमा राख्‍नुहोस् भजन लेखकको निम्ति परमेश्‍वरको वास्तालाई यसरी बताइएको छ कि मानौं परमेश्‍वरले भजन लेखकका आँसुहरू बोतलमा सुरक्षित राख्‍नुभयो । आँसुहरूले रुवाईलाई जनाउँछ । अर्को अनुवादः "म कत्ति धेरै रोएँ भनेर तपाईंलाई थाहा छ र तपाईं मेरो ख्याल राख्‍नुहुन्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]] र [[rc://*/ta/man/translate/figs-metonymy]]) # के ती तपाईंका पुस्तकमा छैनन् र? भजन लेखकको निम्ति परमेश्‍वरको वास्तालाई यसरी बताइएको छ कि मानौं परमेश्‍वरले भजन लेखकको आँसुका सङ्ख्याहरू उहाँको पुस्तकमा लेख्‍नुभयो । परमेश्‍वरले भजन लेखकको कत्ति धेरै ख्याल गर्नुहुन्छ भन्‍ने कुरा याद दिलाउन यो प्रश्‍न गरिएको छ । अर्को अनुवादः "तपाईंले तिनीहरूको बारेमा तपाईको पुस्तकमा लेख्‍नुभएको छ" वा "तपाईं मेरा रोदनहरू सम्झनुहुन्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]] र [[rc://*/ta/man/translate/figs-rquestion]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/iniquity]] * [[rc://*/tw/dict/bible/other/peoplegroup]] * [[rc://*/tw/dict/bible/other/angry]]