ne_tn/psa/055/004.md

2.3 KiB

मभित्र मेरो हृदय काम्छ

यहाँ "हृदय काम्छ" ले तिनको भावनात्मक पिडा र दुःखलाई जनाउँछ । यो दुःख त्रासको कारणले भएको हो । अर्को अनुवादः "मेरो त्रासको कारणले मैले दुःख भोगिरहेको छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

मृत्युका त्रासहरू ममाथि परेका छन्

डराउनु वा त्रसित हुनु बारे यसरी बताइएको छ कि मानौँ त्रास एउटा वस्तु हो जो एउटा व्यक्तिमाथि पर्छ । अर्को अनुवादः "म मर्ने छु भनेर म धेरै डराउँछु" (EN-UDB)वा "म मर्ने छु भनेर म धेरै त्रसित छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

डर र कम्पन ममाथि आइपरेको छ

डराउनु र कम्पित हुनु बारे यसरी बताइएको छ कि मानौँ डर र कम्पन यस्तो वस्तु जो एक व्यक्तिमाथि आइपर्छ । अर्को अनुवादः "म धेरै त्रसित भएको छु र काप्‍छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

त्रासले मलाई व्याकुल बनाएको छ

अर्को अनुवादः "मलाई धेरै नै डर लागेको छ" वा "म धेरै नै त्रसित छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद