ne_tn/psa/054/001.md

5.4 KiB

सामान्य जानकारी:

हिब्रू कवितामा समान्तरता हुनु सामान्य कुरा हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])

सामान्य जानकारी:

यो भजनसंग्रह सहायताको निम्ति प्रार्थना हो ।

हे परमेश्‍वर, मलाई तपाईंको नाउँद्वारा बचाउनुहोस्

यहाँ परमेश्‍वरको नाउँले उहाँको चरित्रलाई प्रतिनिधित्व गर्छ । यसले विशेष गरी उहाँको शक्ति वा उहाँको न्यायलाई प्रतिनिधित्व गर्न सक्छ । अर्को अनुवादः "हे परमेश्‍वर, मलाई तपाईंको शक्तिद्वारा बचाउनुहोस्"(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तपाईंको शक्‍तिले न्याय दिलाउनुहोस्

यहाँ दाऊदलाई न्याय गर्नुले दाऊद दोषी छैनन् भनी मानिसहरूलाई देखाउनुलाई जनाउँछ । जब परमेश्‍वरले आफ्नो शक्ति दाऊदलाई बचाउन प्रयोग गर्नुहुन्छ, तब मानिसहरूले जान्‍नेछन् कि परमेश्‍वरले तिनलाई दोषरहित झैँ न्याय गर्नुभएको छ । अर्को अनुवादः "तपाईंको शक्तिमा म दोषि छैन भनी मानिसहरूलाई देखाउनुहोस्" वा "मलाई छुट्कारा दिने तपाईंको शक्ति प्रयोग गरेर म दोषि छैन भनी मानिसहरूलाई देखाउनुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्दहरूमा कान थाप्‍नुहोस्

कान थाप्‍नुले सुनिरहनुलाई जनाउँछ । अर्को अनुवादः "शब्दहरू सुन्‍नुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

मेरो मुखका शब्दहरू

यस अभिव्यक्तिले वक्ताले भनेका कुराहरूलाई जनाउँछ । अर्को अनुवादः "मेरा शब्दहरू" वा "मैले तपाईंलाई भनिरहेका कुराहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

मेरो विरुद्धमा उठेका छन्

कसैको विरुद्धमा उठ्नुले तिनलाई आक्रमण गर्न तयारी गर्ने वा साँच्‍चै नै तिनलाई आक्रमण गर्ने कुरालाई जनाउँछ । अर्को अनुवादः "मलाई आक्रमण गर्न तयारी गरेका छन्" वा "मलाई आक्रमण गर्दैछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

निर्दयी मानिसहरू

"दया नभएका मानिसहरू"

मेरो ज्यान लिन खोजेका छन्

कसैको ज्यान लिन खोजेकोले त्यसलाई मार्न खोजेको कुरालाई जनाउँछ । अर्को अनुवादः "मलाई मार्न खोजेका छन्" वा "मलाई मार्न चाहन्छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरूले आफ्नो सामु परमेश्‍वरलाई राखेका छैनन्

तिनीहरूको सामु परमेश्‍वरलाई राख्‍नुले परमेश्‍वरलाई ध्यान दिने कुरलाई जनाउँछ । अर्को अनुवादः "तिनीहरूले परमेश्‍वरलाई ध्यान दिँदैनन्" वा "तिनीहरूले परमेश्‍वरलाई इन्कार गर्छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद