ne_tn/psa/053/004.md

25 lines
3.8 KiB
Markdown

# के अधर्म गर्नेहरूको कुनै समझ नै छैन ... जसले ... परमेश्‍वरलाई पुकार्दैनन्?
मानिसहरू धेरै पापीहरू भएको कारण लेखकले अचम्म महसुस गरेको कुरा देखाउन यो प्रश्‍न सोधिएको छ । यसलाई दुईवटा वाक्यमा लेख्‍न सकिन्छ । "अधर्म गर्नेहरू आफूलाई केही कुरा थाहा नभएको जस्तै व्यवहार गर्छन् । तिनीहरूले मेरा मानिसहरूलाई रोटी खाएझैँ खान्छन्, र तिनीहरूले परमेश्‍वरलाई पुकार्दैनन्!" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]])
# जसले मेरा मानिसहरूलाई रोटी खाएझैँ खान्छन्
मानिसहरूलाई नाश गर्नुलाई तिनीहरूलाई खानुझैँ बताइएको छ । रोटी खाएझैँ खान्छन् गर्नुले तिनीहरूले यो सजिलै वा यस बारे कुनै अफसोस बिना गरे भनी संकेत गर्छ । अर्को अनुवादः "जसले मेरा मानिसहरूलाई रोटी खाएझैँ स्वतन्त्रा साथ नाश गरे" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]] र [[rc://*/ta/man/translate/figs-simile]])
# तिमीहरू विरुद्ध पाल टाँग्‍नेहरूको हड्डीहरू परमेश्‍वरले छरपष्‍ट पार्नुहुने छ
मानिसहरूका हड्डीहरू छरपष्‍ट पार्नुले तिनीहरूलाई मार्नु र तिनीहरूका हड्डीहरूलाई तिनीहरू मरेकै ठाउँ रहन दिई र राम्ररी गाँड्न नदिने कुरालाई जनाउँछ । "परमेश्‍वरले तिमीहरू विरुद्ध पाल टाँग्‍नेहरूलाई पूर्णरूपले नाश गर्नुहुनेछ, र तिनीहरूका हड्डीहरू जमिनमा छरपष्‍ट हुनेछन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# तिमीहरू विरुद्ध पाल टाँग्‍नेहरू
मानिसहरूको विरुद्धमा पाल टाँग्‍नुले तिनीहरूमाथि आक्रमण गर्नलाई जनाउँछ । शत्रुका सेनाहरू यात्रा गर्थे र आफूले आक्रमण गर्न चाहेका मानिसहरूको नजिक अस्थायीरूपमा पाल टाँग्थे। अर्को अनुवादः "तिमीहरू विरुद्ध आक्रमण गर्नेहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/iniquity]]
* [[rc://*/tw/dict/bible/other/bread]]
* [[rc://*/tw/dict/bible/kt/call]]
* [[rc://*/tw/dict/bible/kt/fear]]
* [[rc://*/tw/dict/bible/other/shame]]
* [[rc://*/tw/dict/bible/other/reject]]