ne_tn/psa/046/001.md

2.8 KiB

सामान्य जानकारी:

हिब्रू कवितामा समान्तरता हुनु सामान्य कुरा हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])

परमेश्‍वर हाम्रो शरणस्थान र बल हुनुहुन्छ

लेखक परमेश्‍वरको बारेमा यसरी बोल्छन् कि मानौँ सुरक्षाको लागि मानिसहरू जान सक्ने स्थान उहाँ हुनहुन्थ्यो । अर्को अनुवादः "परमेश्‍वरले हामीलाई सुरक्षा र बल दिनुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

पहाडहरू समुद्रको पिँधमा खसाइए पनि

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "पहाडहरू समुद्रको पिँधमा खसे पनि" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-activepassive]])

यसका पानीहरू गर्जेर उल्लिए पनि

"समुद्रको पानी गर्जेर उर्ल्लिए पनि ।" "गर्जेर उल्लिए" वाक्यांशले ठुलो आँधी बेहरीको बेलामा समुद्रको भयङ्कर चहलपहललाई वर्णन गर्छ ।

पहाडहरू त्यसको गर्जनले कम्पित भए पनि

"त्यसको गर्जन" वाक्यांसले समुद्रको पानी उर्लेर पहाडहरूमा ठोकिदा निस्केको आवाजलाई जनाउँछ ।अर्को अनुवादः "पानीको गर्जनले पहाडहरूलाई कम्पित बनाएतापनि" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद