ne_tn/psa/045/016.md

2.4 KiB

जोड्ने वाक्य:

लेखक राजालाई निरन्तर सम्बोधन गर्छन् ।

तपाईंको पिताको स्थानमा तपाईंका छोराछोरीहरू हुने छन्

राजाले आफ्ना पुर्खाहरूको राजाको स्थान लिए जस्तै राजाका छोराहरूले तिनको राजाको स्थान लिनेछन् भन्‍ने यसको अर्थ हो ।

तपाईंले सारा पृथ्वीमा राजकुमारहरू बनाउनुहुने छ

"सारा पृथ्वीमा" भन‍्‍ने वाक्यांस एउटा बढाइचढाइ गरिएको वाक्य हो जसले तिनीहरूले धेरै जाति-जातिहरू माथि राज्य गर्नेछ भनी जोड दिन्छ। अर्को अनुवादः "तपाईंले धेरै जाति-जातिहरूमाथि राज्य गर्ने शासकहरू बनाउनु हुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

म तपाईंको नाउँलाई सबै पुस्ताहरू सम्झिने बनाउने छु

यहाँ "म" शब्दले लेखकलाई जनाउँछ । "नाम" शब्दले राजाको चरित्र र प्रतिष्ठालाई जनाउँछ । यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरण: "मद्वारा तपाईंको महान्तालाई सबै पुस्ताहरूका मानिसहरूबिच सम्झिने बनाइनेछ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-activepassive]])

शब्द अनुवाद