ne_tn/psa/042/003.md

43 lines
4.3 KiB
Markdown

# मेरा आँशु ... मेरो खाना भएका छन्
लेखकले आफ्नो आँशुलाई यसरी जनाउँछ कि मानौँ ती तिनले खाने खाना थिए । तिनी यति दुःखी थिए कि तिनले खान सक्दैन थिए भनी यसले अर्थ दिन्छ । अर्को अनुवादः "मेरा आँशु ... मेरो खाना जस्तै भएका छन् र म अरू केही पनि खान सक्दिनँ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]] र [[rc://*/ta/man/translate/figs-explicit]])
# दिन र रात
यस वाक्यांशले सिङ्गो दिनलाई त्यसको सुरु र अन्त दुवैलाई संकेत गरी जनाउँछ । अर्को अनुवादः "सम्पूर्ण दिन (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-merism]])
# मेरा शत्रुहरूले मलाई सदैव यसो भनिरहेका छन्
यो बढाइचढाइ गरिएको वाक्य हो । तिनका शत्रुहरूले यो निरन्तर भनिरहेका छैनन्; तिनीहरूले यो प्राय भनिरहेका छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-hyperbole]])
# तेरो परमेश्‍वर कहाँ छन्?
लेखकलाई गिल्ला गर्न र तिनका परमेश्‍वरले तिनलाई सहायता गरिरहनु भएको आफूहरूले नदेखेको भन्‍ने कुरा व्यक्त गर्न लेखकका शत्रुहरूले यो प्रश्‍न सोध्छन् । अर्को अनुवादः "तेरो परमेश्‍वर तँलाई सहायता गर्न यहाँ छैनन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]])
# मनमा सम्झना गर्छु
यो एउटा वाक् पद्धति हो जसले सम्झनु वा केही कुराको बारेमा सोच्‍नुलाई जनाउँछ । अर्को अनुवादः "सम्झन्छु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
# मेरो प्राण खन्याउँदा
यहाँ "प्राण" शब्द ले भावनालाई जनाउँछ । लेखकले आफ्नो प्राणको बारेमा यसरी बताउँछन् कि मानौँ त्यो तरल पदार्थ थियो जसलाई तिनले खन्याउँछ । तिनले आफ्नो दुःखी भावना व्यक्ति गर्दै गरे कुरालाई यस वाक्यांसले जनाउँछ । अर्को अनुवादः "म मेरो दुःख व्यक्ति गर्छु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]] र [[rc://*/ta/man/translate/figs-metaphor]])
# भिड
"मानिसहरूको भिड"
# आनन्द र प्रशंसा
यो वाक्यांशले एउटै विचार व्यक्त गर्न दुईवटा भिन्‍नै शब्दहरू प्रयोग गर्छ । अर्को अनुवादः "आनन्दायी प्रशंसा" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-hendiadys]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/adversary]]
* [[rc://*/tw/dict/bible/kt/call]]
* [[rc://*/tw/dict/bible/other/mind]]
* [[rc://*/tw/dict/bible/kt/soul]]
* [[rc://*/tw/dict/bible/kt/houseofgod]]
* [[rc://*/tw/dict/bible/other/voice]]
* [[rc://*/tw/dict/bible/other/joy]]
* [[rc://*/tw/dict/bible/other/praise]]