ne_tn/psa/042/003.md

4.3 KiB

मेरा आँशु ... मेरो खाना भएका छन्

लेखकले आफ्नो आँशुलाई यसरी जनाउँछ कि मानौँ ती तिनले खाने खाना थिए । तिनी यति दुःखी थिए कि तिनले खान सक्दैन थिए भनी यसले अर्थ दिन्छ । अर्को अनुवादः "मेरा आँशु ... मेरो खाना जस्तै भएका छन् र म अरू केही पनि खान सक्दिनँ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-explicit]])

दिन र रात

यस वाक्यांशले सिङ्गो दिनलाई त्यसको सुरु र अन्त दुवैलाई संकेत गरी जनाउँछ । अर्को अनुवादः "सम्पूर्ण दिन (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-merism)

मेरा शत्रुहरूले मलाई सदैव यसो भनिरहेका छन्

यो बढाइचढाइ गरिएको वाक्य हो । तिनका शत्रुहरूले यो निरन्तर भनिरहेका छैनन्; तिनीहरूले यो प्राय भनिरहेका छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

तेरो परमेश्‍वर कहाँ छन्?

लेखकलाई गिल्ला गर्न र तिनका परमेश्‍वरले तिनलाई सहायता गरिरहनु भएको आफूहरूले नदेखेको भन्‍ने कुरा व्यक्त गर्न लेखकका शत्रुहरूले यो प्रश्‍न सोध्छन् । अर्को अनुवादः "तेरो परमेश्‍वर तँलाई सहायता गर्न यहाँ छैनन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

मनमा सम्झना गर्छु

यो एउटा वाक् पद्धति हो जसले सम्झनु वा केही कुराको बारेमा सोच्‍नुलाई जनाउँछ । अर्को अनुवादः "सम्झन्छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

मेरो प्राण खन्याउँदा

यहाँ "प्राण" शब्द ले भावनालाई जनाउँछ । लेखकले आफ्नो प्राणको बारेमा यसरी बताउँछन् कि मानौँ त्यो तरल पदार्थ थियो जसलाई तिनले खन्याउँछ । तिनले आफ्नो दुःखी भावना व्यक्ति गर्दै गरे कुरालाई यस वाक्यांसले जनाउँछ । अर्को अनुवादः "म मेरो दुःख व्यक्ति गर्छु" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-metaphor]])

भिड

"मानिसहरूको भिड"

आनन्द र प्रशंसा

यो वाक्यांशले एउटै विचार व्यक्त गर्न दुईवटा भिन्‍नै शब्दहरू प्रयोग गर्छ । अर्को अनुवादः "आनन्दायी प्रशंसा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hendiadys)

शब्द अनुवाद